Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, February 10, 2013

नेपाल पुलिस र जावलाखेल अन्तिम चारमा÷ नेपाल पुलिस र आर्मी आईतबार भिड्ने


भक्तपुर नेपाल 
नेपाल पुलिस क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द भक्तपुरको शहिद स्मृती खेलमैदानमा जारी ८ औ राष्टब्यापी वर्कस कप भलिबल प्रतियोगितामा क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
युवा खेलकुद समुह नेपालको आयोजनामा भएको प्रतियोगीताको शनिवारको खेलमा नेपाल पुलिस क्लबले जिल्ला भलिबल संघ काभ्रेलाई सोझो सेटमा पराजित गदै अन्तिमा चारमा आफ्नो स्थान पक्का गरेको छ । त्यसै गरी प्रतियोगिताको दोस्रो खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले मध्यपुर खेलकुद समुलाई पराजित गदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षीत गरेको हो । 
खेलमा नेपाल पुलिस क्लबले जिल्ला भलिबल संघ काभ्रेलई  २५÷१५,२५÷१२ र २५÷१३ मा पराजित गरेको थियो । खेलमा दर्शकका साथ पाएको काभ्रेले दर्शको चाहना अनुसार प्रतिस्पर्धा गर्न नसकेपछी दर्शकहरु निकै आक्रोसित समेत भएका थिए । 
प्रतियोगिताको दोस्रो खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले मध्यपुर खेलकुद समुहलाई सोझो सेटमा पराजित गरेको थियो । खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले मध्यपुर खेलकुद समुलहाई २५÷१७, २५÷२२ र २५÷१६ मा पराजित गरेको थियो । खेलमा पहिलो सेट आफ्नो पक्षमा सहजै पारेको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले दोस्रो सेट आफ्नो पक्षमा लिन निकै हम्मे हम्मे भएको थियो ।
दर्शकको साथ पाएको मध्यपुर खेलकुद समुहले पहिलो सेट नै गुमाएपछी दर्शकहरु निकै निरास भएका थिए । मध्यपुर खेलकुद समुहको खेल हेर्न तथा साथ दिनका लागी मध्यपुर क्षेत्र बाट प्रतियोगिता स्थलमा निकै उपस्थित भएका थिए । प्रतियोगीता स्थलमा खेल सुरुवात अघिनै मध्यपुरका लागी हुटीड गरेका समर्थकहरुले जब खेल सुरुवात भएर आफ्नो तर्फ अंक कम हुदै गएपछी हुटीडको आवाज समेत कम हुदै गएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबका चन्द्र कुवर र दोस्रो खेलमा जावलोखेल भलिबल प्रशिक्षण केन्द्रका उत्सव खड्का म्यानअफ द म्याच घोषित भएका थिए । 
प्रतियोगिको आईतवारको खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा एपी एफ क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र विच हुने आयोजक समितिका अध्यक्ष एव नेपालका लागी भलिबलका एकमात्र अन्राष्टिय रेफी गौतम लासीवाले बताए ।


No comments: