विजय थापा
भर्जिनिया ,माघ २७ शनिबार , गैर आवाशीय सघ ,अमेरिका ( एन आर एन अमेरिका ) तथा बिश्व शान्ति संघ ( ग्लोबल पिस एसोसिएसन )को सयुक्त आयोजना तथा नेपाल सरकारको शहरी विकास मन्त्रालयको बागमती नदीको सरसफाईमा तदरुकता देखाई रहेको र नदीमा फोहर फ्याक्ने व्यक्ति लाई दण्ड सजाय सम्म पुग्ने अवस्थामा पुगी सकेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति (HPCIDBC)र फोहर मैला व्यवस्थापन प्राबिधिक सहयोग केन्द्र(SWMTSC) संग सहकार्यमा एक दिने जन सचेतना कार्यक्रम गुहेश्वरीमा आयोजना गरियो l
जन सरोकार तथा आम जनताका चासोका बिषयमा सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाए भने उक्त कार्यक्रमको मुख्य नारा 'बागमती नदीको पवित्रता -२०१३ को हाम्रो प्रतिबद्दता ' लाई मुर्त रुप दिन कार्यक्रम संचालन गर्नु परेको ए आर एन का अधक्ष्य प्रल्हाद केसीले जनाए l उक्त कार्यक्रमको लागि एन आर एन का पदाधिकारीहरु,समाजसेवी ,उद्योगपति ,ब्यापारी ,संघ तथा संस्थाका प्रतिनिधि ,पशुपति विकास प्रतिष्ठान ,उद्योग बाणिज्य सघ,नेपाल ब्यापार संघ ,कलाकारहरुको भब्य उपस्थिति रहेको थियो भने उक्त कार्यक्रममा बिभिन्न वक्ताहरुले कार्यक्रमबारे बोल्नु भएको थियो l
उक्त कार्यक्रमको लागि १०० जना भन्दा ज्यादा स्वयम् सेवीहरु तैयार गरि सकिएको ,हरेक सप्ताह अन्त्यमा नदि किनारामा सधै सर सफाई गर्ने ,फोहर फ्याक्नको ठुला फोहर दानीहरु नदीको किनारमा राख्ने व्यवस्था मिलाईएको संकलन गर्ने व्यक्तिको नियुक्तिको तारतम्य मिलाईएको र स्थानीय अभियन्ता ( इन्जिनीयर)संग बागमतीको पानीलाई कसरि पवित्रता गर्न सकिन्छ भनि प्राबिधिक पक्षमा सल्लाह र सुझाब लिइएको जानकारी एन आर एन अधक्ष्य प्रल्हाद केसीले दिएका छन् l एन आर एन अमेरिकाले कुरा भन्दा काममा बढी जोड दिने छ भनि केसीले बताए भने उक्त कार्यक्रममा ७ वटा संस्थाहरुसंग मिलेर कार्य गर्ने समझदारी भएको बताईएको छ l गैर आ स ,अ स स (एन आर एन आई सी सी ) को तर्फबाट उपाधक्ष्य ,रामेश्वर शाह तथा अमेरिकाबाट करिब ७ जनाको सहभागी रहेको थियो l स्वयम् सेवक रुपमा सरकारी पदाधिकारीहरु र अन्य महानुभावहरु बागमती सफा गर्न भौतिक रुपमा उपस्थित भै जन सचेतना कार्यक्रममा सहभागी भएका थिए l
No comments:
Post a Comment