Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, February 11, 2013

नेपाली प्रतिभा मंच युएई गठन भयो


त्रिलोचन कोइराला/युएई 
कलाको बिभिन्न बिधामा  प्रतिभा भएका एबं रोजगारीका लागि युएई आएका युवाहरुले एक भेलाको आयोजना गरि नेपालि प्रतिभा मन्च युएईको गठन गरेका छन ।
युएइको मुसफामा फेब्रुअरी ९ तारिक भएको भेलाले युएइमा रहेर कलाको बिभिन्न क्षेत्रमा क्रियाशील तथा आस्था राख्ने व्यक्तिहरु आवद्ध रहेको एक तदर्थ समिति निर्माण गरेको छ ।
दीपक कुवारको संयोजनमा ७ सदस्यीय नब गठित तदर्थ समितिको सचिब कीशोर सुनुवार , कोषाध्यक्ष प्रेम लुहागुन रहेको समितिमा प्रेम थापा , मदन धिमाल , प्रदिप श्रेष्ठ, रेशम मगर सदस्य रहेका छन ।
तदर्थ समितिले आगामी फेब्रुअरी २२ तारिक अबुधाबीमा एक  बृहत भेलाको आयोजना गरि मंचलाई पुर्णता दिने  समितिका अध्यक्ष दीपक कुवरले बताए 
युएइमा भएका कलाको बिभिन्न क्षेत्रमा प्रतिभा भएका सम्पूर्ण कला प्रेमीहरुलाई समितिमा आबद हुन् अनरोध गर्दै नब गठित समितिले आगामी फेब्रुअरी  २२ तारिक सम्ममा मंचको बिधान तयार गर्न दीपक कुवारको  संयोजनमा बिधान मस्यौदा समिति बनाएको छ समितिमा कीशोर सुनुवार  प्रेम लुहागुन  सदस्य रहेका छन ।

No comments: