Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, February 17, 2013

युरोपस्तरीय नेपाली नृत्य २०१३ को जर्मनीमा भव्य तयारी


यही २०१३ अप्रिल १४ तारिख मा हुने " युरोपस्तरीय नेपाली नृत्य २०१३ " को जर्मनीमा भव्य तयारी भै रहेको अन्तराष्ट्रिय नेपाली कलाकार समाज जर्मनी शाखाका उपाधक्ष्य तथा कार्यक्रम ब्यपस्थापक सरोज श्रेष्ठले बताउनु भएको छ। २०११ मा  नेदरल्याण्डको एमेसट्रडाम र २०१२ मा फ्रान्सको पेरिसमा भव्यता पुर्वक सफलता सम्पन्न गरेको युरोपस्तरीय नेपाली नृत्य यस पटक २०१३ का लागी जर्मनीमा गरिने घोषणा २०१२ मा पेरिस फ्रान्समा गरिएको थियो ।
EU Single Nepali Dance Competition and Best Nepali Film Award  नाम दिएको उक्त युरोपस्तरीय कार्यक्रम यस पटक फरक र रोचक ढंगबाट प्रस्तुत गर्न लागिएको ब्यवस्थापक श्रेष्ठले बताउनु भएको छ। कलाकार मिथिला शर्माका साथै अन्य कलाकार सहित बेल्जियम , नेदरल्याण्ड ,पोल्याण्ड , डेनमार्क ,स्पेन , पोर्तुगल, यु के ,दुबै , ईस्रायल लगायत बिभिन्न देशहरुबाट कलाकार अथिती उपस्थित रहनु हुने छ।  
जर्मनी कलाकारहरुले समेत प्रयोग गर्ने हामबर्ग कै उत्कृष्ठ हल Delphi Showpalast , Eimsbütteler Chaussee 5 - Hamburg हुने उक्त कार्यक्रममा युरोपमा तथा अन्य मुलुकहरुका सामाजिक संघ-संस्था , राजनीति पार्टीका भातृसंगठन , बिभिन्न देशका एन आर एन  आ ई सि सि  पदाधिकारीहरु , क्षेत्रिय पदाधिकारीहरु र एन सि सि पदाधिकारीहरु , लगायत उच्च ब्यक्तीहरुलाई समेत निमन्त्रणा गरिसकिएको जानकारीमा आएको छ।  सर्वोत्कृष्ट नेपाली वर्ष नेपाली चलचित्र सम्मान  (INAS the Best Film of the Year) पनि हुने यो भव्य कार्यक्रमका लागी उच्च कलाकार ,कलाकार आबद्द संघ-संस्था ,बिभिन्न संचार माध्यमले चासो देखाउनुका साथै सहयोग गर्ने बचन बद्दता देखाउनु भएको छ। हालै मात्र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) International Nepalese Artist Society(INAS) र नेपाल चलचित्र प्राविधिक संघले नेपाली चलचित्रको विकास र प्रवर्द्धनको लागि सहकार्य गर्ने निर्णय कलाकार समाज (अनेकस) ले नेपाली चलचित्र प्राविधिक संघले आयोजना गर्न लागेको छैंठौ नेफ्टा अवार्डमा सहयोग गर्ने भएको छ भने नेपाल चलचित्र प्राविधिक संघले अनेकसले यहि १४ अप्रिल २०१४ मा जर्मनीमा गर्न लागेको सर्वोत्कृष्ट नेपाली वर्ष नेपाली चलचित्र सम्मान (INAS the Best Film of the Year) मा पूर्ण रुपले सहयोग गर्ने भएको छ । 
  बिभिन्न संचार अनलाईन समेत मेडिया पार्ट्नर रहेको उक्त कार्यक्रम
 
को
   प्रत्क्ष्य प्रसारण गरिने छ।

No comments: