Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, February 17, 2013

प्रधानन्यायाधीश विरुद्व नै सर्वोच्चमा रिट


काठमाडौं, फागुन ६- प्रधानन्यायाधीश खीलराज रेग्मीको नेतृत्वमा चुनावी सरकारको गठन गर्ने विषयमा दलका शीर्ष नेताहरुबीच छलफल चलिरहदा सर्वोच्चमा रिट परेको छ । रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन नमिल्ने भन्दै त्यसलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो ।
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्न नमिल्ने भन्दै अधिवक्ता भरत जंगमले रिट दायर गरेका हुन् । रिटमा प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउनु संविधानवाद, शक्ति पृथकीकरणको सिद्धान्त विपरित भएको भन्दै अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । रिटलाई अग्राधिकार दिन समेत जंगमले माग गरेका छन् ।
प्रमुख दलको शनिबार बसेको बैठकमा प्रधानन्यायाधीश खीलराज रेग्मीलाई चुनाबी सरकारको नेतृत्व दिन दलहरु सैद्धान्तिक रुपमा सहमत भएपछि ८ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
 शितल निवासमा जारी प्रमुख ४ शक्तिको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसंगको कुराकानीमा प्रधानमन्त्री भट्टराईले चुनावी सरकारको स्वरुप,संविधान संसोधन प्रकृया, निर्वाचन प्रणाली लगायतका विषयमा आज मोटामोटी सहमति जुट्ने र भोली सर्वदलिय बैठक सो प्रस्ताव पेश गरिने जानकारी दिए। एकिकृत नेकपा माओवादीलाई लोकतन्त्र विरोधी,निर्वाचन विरोधी,सर्वसत्तावादी लगायत आरोप लगाउदै आएका काग्रेस–एमाले अन्ततः उसकै एजेण्डामा सहमत भएका छन् । जेठ १४ गते संविधानसभा विघटनसंगै विभिन्न बहानामा आन्दोलनमा उत्रिएका काग्रेस–एमाले प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने एकिकृत माओवादीको पछिल्लो प्रस्तावमा सहमत भएसंगै राजनीतिक र संवैधानीक संकटबाट मुलुकले निकास पाउने अपेक्षा गरिएको छ ।

No comments: