Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, February 17, 2013

पोखरा घोषणापत्र जारीगर्दै सकियो दोस्रो राष्ट्रिय सम्मेलन

रबि खड्का 
पोखरा ६ फागुन । अखिल नेपाल सञ्चार, छापाखाना र प्रकाशन मजदुर संघको दोस्रो राष्ट्रिय सम्मेलन १८ बुँदे घोषणपत्र जारी गर्दै हिजो सकिएको छ ।“सम्मानित, मर्यादित काम, समाजिक दायित्व सञ्चार मजदुर सहित पत्रकारिता हाम्रो अभियान, अराजकता, गुटबन्दी र बिसर्जनवादको बिरुद्ध दोस्रो राष्ट्रिय सम्मेलन” भन्ने नाराका साथ फागुन ४ र ५ गते सम्पन्न सम्मेलनले बलदेब भट्टको अध्यक्षतामा ३३ प्रतिशत महिला सहभागिता सहित ५१ सदस्यीय  केन्द्रीय समिति चयनगर्दै गरी १८ बुँदे पोखरा घोषणपत्र पारितगरी सम्पन्न भएको हो ।
समितिको उपाध्यक्षमा रमेश केसी, लिला घर्ती मगर, अर्जुन गौतम, शंभु गुईदेल, धर्मलाल माझी, महासचिवमा रवी खड्का, उप–महासचिवमा  चन्द्रशेखर अधिकारी, सचिवमा सूर्य ताजपुरिया, लोकवहादुर नेगी, ज्योति नेपाल, गणेश विक, शेषनारायण संग्रौला, मनिषा मर्साइ मगर, सुमन श्रेष्ठ, कोषाध्यक्षमा छविरमण आचार्य चयन गरिएको छ ।त्यसैगरी सदस्यहरुमा प्रेम दाहाल, हरिकृष्ण भण्डारी, रामकृष्ण भण्डारी, रामकृष्ण भाट, शान्तिराम कट्टेल, जीवन चौधरी, विज्ञान पराजुली, लोकवहादुर चुमी थापा,हरेन्द्र तामाङ, हिराचन जिसि, सन्तोष दाहाल, शनिकुमार मण्डलभीमकुमार गिरी, शारदा मल्ल ठकुरी, शान्ता पोखरेल, रामेश अधिकारी, अर्जुन सिवाकोटी, यमप्रसाद गौडेल, प्रदीप पौडेल, ज्ञानवहादुर कार्की, विष्णु पौडेल, जीवन दाहाल, केशव दास, कृष्ण सापकोटा, गणेश अधिकारी र बलराम श्रेष्ठलगायत छन ।

No comments: