Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, February 17, 2013

शिवसागर गौसदन प्रा.ली को प्रथम चरणमा दुध उत्पादन सुरु (फोटो सहित)


निमकान्त पाण्डे ५ फागुन। "देश विकासको मेरुदण्ड नै कृषि हो" गरे उन्नति गाउमै गर्न सकिन्छ भन्ने एउटा उदारहण देखाउन सफल गाई पालनलाई आधुनिक कृषि प्रणालीमा अवलम्वन गर्दै युवा स्वरोजगारलाई जोड दिनका लागि शुरु गरिएको गाई पालनमा फागुन देखि दुध उत्पादन सुरु गरेको छ। 
गैर आवासिय नेपालीहरुद्धारा संचालित ट्रेड भिजन ईन्भेष्टमेण्ट प्रा.ली का शेयरधनीहरुको अग्रसरता तथा लगानीमा शिवसागर गौ–सदन प्रा.ली.ले आफ्नो पहिलो उत्पादनको रुपमा मिति १ फाल्गुण २०१३ का दिनवाट आफ्नै फार्ममा पालीएका गाईवाट दुध उत्पादन शुरु गरिएको हो । 
तरहराको कामधेनु दुग्ध सहकारी र विराटनगरको नेपाल दुग्ध विकास संस्थान विराटनगरसँग व्यापारिक सम्झौता गरी विक्रि शुरु गरेको गौ–सदन जानेको छ । गौ–सदन प्रा.लि. ले यस सुखद उपलक्ष्यमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरु, शुभचिन्तकहरुका साथै ट्रेड भिजन ईन्भेष्टमेण्ट प्रा.ली.का शेयरधनीहरु रोजगार वचत तथा ऋण सहकारी संस्था उर्लावारी,सुविधा वचत तथा ऋण सहकारी संस्था पकली, मोरङ्ग सुनसरी सेवा समाज नेपाल र कतारलाई हार्दिक शुभकामना व्यक्त गरेको छ ।  शिवसागर गौसदन प्रा.ली.का सम्पुर्ण शेयरधनी महानुभावहरुलाई सफलतामा पुग्ने बाचाका साथ हार्दिक वधाई तथा शुभ-कामना व्यक्त गरेको छ । 


No comments: