विगत तिन वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजीक सास्कृतीक तथा मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको सिजन मिडियाले यस वर्ष पनि “ मिस एयर होस्टेज” नामकरण गरी नेपाल भरका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकासको साथै एयर होस्टेज वन्ने इच्छा भएका र रोजगारीको अवसरको खोजीमा रहेका सहभागीहरुलाई सहयोग पुग्नुको साथै भविष्यमा सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले तेस्रो चरणको “ मिस एयर होस्टेज ” तेस्रो चरणको प्रथम चरणको छनौट सम्पन्न भएको छ प्रथम चरणको छनौट वाट २५ जना सहभागीमा १५ जना छनौट गरीएको छ भने आगामी छनौट चरणवाट १० जना प्रतियोगी समावेश गरीने छ । साथै द्रोस्रो चरणको छनौट आगामी फाल्गुन १२ गते शनिवार हुने छ ।
प्रथम चरणको छनौटमा सिनीयर एयर होस्टेज अन्जली शर्मा , कोरीयोग्राफर रोजीन साक्य सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्त र सिम्रिक एयरलाइन्सका को–पाइलट शुभाष रानाभाटले छनौट गर्नु भएको थियो ।
उत्त प्रतियोगीतामा जम्मा २२ जना प्रतियोगीहरु सहभागी गराइने छ । उमेरको हकमा १८ वर्ष देखि २५ वर्ष सम्मका कम्तीमा ५ फिट ३ इन्च उचाई प्सटु शिक्षा हासील गरेको नेपाली नागरिकता भएका सम्पूर्ण नेपाली इच्छुक नारीहरुले यस प्रतियोगीतामा सहभागी हुन पाउने छन ।
उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई मार्कोपोलो विजनेश होटल कमलपोखरीको हलमा फाल्गुन १३ गते आइतवार वाट प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा प्रतियोगीतामा सहभागीहरु लाई वढि मात्रामा हवाई क्षेत्रमा काम गर्न सजीलो र सहज होस भन्ने हेतुले दक्ष प्रशिक्षकहरुवाट विशेष कक्षाहरु पनि सन्चालन गराइने छ । पौडी, शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजीट , कल्चरल भिजीट र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । विभिन्न कलेजको भ्रमण साथै कलेजमा अध्ययन गर्ने गराउने सम्पूर्ण विषयहरुको जानकारी प्रदान गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । चैत्रको द्रोस्रो साता काठमाण्डौमा अन्तिम प्रतिस्प्रर्धा सम्पन्न हुनेछ ।
प्रतियोगिताका विजेताले “मिस एयर होस्टेज २०१३”े ताज उपाधि सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई सेवामा विमान परिचारीकाको रुपमा रोजगारीको अवसर प्रदान गरीने छ र स्नातक तहमा १ लाख वरावरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्परहरु प्रदान गरीने छ । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई सेवामा विमान परिचारीकाको रुपमा रोजगारीको लागि आयोजकले आवस्यक पहल गरीदिने र १ वर्षको स्नातक तहमा छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न विधामा पनि विजेता छनौट गरिनेछ ।
No comments:
Post a Comment