भाईराम चौलागाई
कुवैत सिटी १२ फेब्रअरी। स्थाई घर रामेछाप लखनपुर गा बि स वडा नम्बर ४ भई बिगत १० महिना देखि कुवेतमा Kuwait pearls catering company मा काम गर्दै आएका अनिल घिसिंग लाई कम्पनीको क्याम्प बाहिर बाट अपरिचित व्यक्तिले लुटेका छन्। शनिबार बिहान सबेरै काममा जानको लागि क्याम्प बाहिर बस पर्खिदै गर्दा अपरिचित व्यक्ति देख्दा कुवैती जस्तै देखिने ३ जना ब्यक्ति आयर सिभिल आईडी मागी आईडी लिएपछि पैसा पनि मागे उनिसगै रहेका अरु दुइ जना भारतीय साथी हरुको पर्स हेर्न थालेपछि अनिल घिसिंग भागेका थिए उनीलाई लुटेराहरुले गाडीले पिछा गरि उनीसग भएको ८० कुवेती दिनर र मोबाइल सेट लुटेका थिए भाग्ने क्रममा उनको हातमा चोट लागेकोछ। अरु दुइ जना भारतीय साथी सगबाट २ मोबाइल सेट लुटेका थिए। र सबैको सिभिल आईडी फिर्ता गरि उनीहरु फरार भएका थिए।
पिडितहरुले कम्पनीलाई घटनाको बारेमा जानकारी गराउदा कम्पनीले खासै चासो नदिएको र अफुहरुनै सतर्क भयर बस्न भनेको कुरा पिडित अनिल घिसिंग ले खाडी न्युज लाई जानकारी गरायका छन्। कम्पनीको क्याम्प मंगफ मा रहेको र उक्त कम्पनीमा १६५ जना नेपाली कार्यरत छन्। खाडी न्युज सग कुरागर्दै उक्त कम्पनीमा कार्यरत युबराज राई ले घटनाको बारेमा कम्पनि ब्यबस्थापनले क्याम्प बाहिर बाटै लुटिदा पुलिसमा चोरी डकैतीको केश पनि नगर्दा सहकर्मी साथी हरुमा निराशा छाएको र पुलिस केश नगर्दा भोलिका दिनमा लुटेराहरुको मनोबल बढी अरु घटना हुनसक्ने बताउनु भयो।
No comments:
Post a Comment