लामा भाई( इस्ट मान वाईबा )
कुवेत सिटी फेब्ररी ४ नेपाल तामाड.घेदुड.कुवेतले आयोजना गरेको पाचौ प्रस्तुति मञ्जुश्री सम्बत २८४९ औ डुल(सर्प बर्ष)ल्होछार भब्यताका सात सम्पन्न भएको छ | २०१३ फेब्रुअरी १ तारिक सुक्रबार आबसिया स्थित इण्डियन इण्डिग्रेट स्कुलको प्राङ्गणमा यु ए इ एक्सचेन्ज हिमाल रेमिट अर्थात् हिमालयन बैंकको प्रायोजनमा नेपाल तामाड.घेदुड.कुवेत द्धरा आयोजित कार्यक्रममा, आयोजकको निमन्त्रन्मा ल्होछार कार्यक्रममा भाग लिन आएका राष्टिय स्तरका नेपाली साँगितिक फाटका ख्यातिप्राप्त एवं चर्चित गायक रोज मोक्तान र हास्यव्यंग्य जगतका ख्यातिप्राप्त एवं चर्चित हास्यकलाकार तक्मे बुढा(विल्सन बिक्रम राई)साथमा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो |
कार्यक्रमका प्रमुख अतिथि कुवेतका लागि नेपाल राजदुत श्री मधुवन पौडेलले पानसमा दीप प्रज्वलन गरि साथमा धर्म गुरु- इस्ट मान वाईबा,निर्मल लामा, अजय लामा, बाट मोलम पाठ गरि कार्यक्रमको उद्घाटन गरेका थिए | नेपाल तामाड.घेदुड.कुवेतका कलाकारहरुले तामाड.जतिको मौलिक बाजा डम्पु बजाएर ताम्बा गित गाउदै बाटै देखि राजदुतलाई स्वागत गरि स्टेजसम्म लागेका थिए |
पहिलो चरणको औपचारिक कार्यक्रममा घेदुङ्क कलाकारहरुले ताम्सालिड.गीत प्रस्तुत गरेर उपस्थित जनमानसलाई स्वागत गरेका थिए | नेपाल तामाड.घेदुड.कुवेतका अध्यक्ष राम लामाको सभापतित्वमा भएको कार्यक्रममा एन. आर एन. ए कुवेतका अध्यक्ष एवं नेपाल तामाड.घेदुड.कुवेतका बरिष्ट सल्लाहकार राजेन्द्र तामाड., माउन्ट एभरेष्ट स्पोटिड.क्लबका अध्यक्ष धर्मराज गिरि ,पत्रकार महासंघ कुवेतका अध्यक्ष सुजन के.सी,र लालिगुरास साँस्कृतिक परिवारका अध्यक्ष राजेन्द्र बिरही, सम्योजक निर्मल तमाङ ,मेनपावर एसोसिएसनका अध्यक्ष कल्यान श्रेष्ठ र यु ए ई एक्स्चेन्जका कन्ट्री हेड पान्सिली भार्की लगायत कुवेतका नेपाली विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो | कार्यक्रमका प्रमुख अतिथि कुवेतका लागी नेपाली राजदुत मधुवन पौडेल ले नेपाल तामाड.घेदुड.कुवेतले आफ्नो कला,संस्कृति,संस्कार, र रीतिरिवाज जोगाउन प्रवासी भूमिमा पनि सक्रिय रहेको र सामाजिक कार्यमा सक्रिय रहनुका साथै कुवेतमा जतिपनि संघसंस्था रहेपनि नेपाल तामाड.घेदुड.कुवेत सदैब सक्रिय रहनुमा खुशी ब्यक्त गर्दै आफ्नो शुभकामना मन्तब्य दिएका थिए | औपचारिक र अनौपचारिक २ भागमा विभाजित कार्यक्रममा औपचारिक कार्यक्रममा घेदुड.का महासचिव अमृत लोप्चन तामाड.र अनौपचारिक (साँस्कृतिक)कार्यक्रम कुवेतका लागी चर्चित रंगमन्चिय उदधोषक सुरेश ग्याबग तामाड.ले सन्चालन गरेका थिए |
दोस्रो चरणको साँस्कृतिक कार्यक्रममा सुरेश ग्याबग तामाड.को जोडदार उदधोषग सैलीमा झुम्मिएर लागी परेका हजारौ दर्शकलाई नेपाल तामाड.घेदुड.कुवेतका नृत्य प्रशिक्षक एवं गायक अशोक लामा, नृत्य प्रशिक्षक डुप्चन तामाड, कुवेतका लागी चर्चित घेदुड.का कलाकार मन्दी प्रधान, बबिता तामाड., दिलु बोम्जन, र नेपाल तामाड.घेदुड.कुवेतका डिजाईनर एवं गायक पुष्प वाईबा "छार छार गोइलो वान्तोला ल्होछार मेल दाड.तोला"भन्ने गितको बोलको नृत्यबाट स्वागत गरेका थिए | तामाड.जातीमा जन्मदेखी मृत्युसम्म तम्बको भूमिका महत्वपूर्ण हुन्छ,तामाड.जातीमा ताम्बाले गर्ने ताम्बा गीतबाट ल्होछारको उपलक्ष्यमा शुभकामना दिदै तामाड.घेदुड.केन्द्र बाट बनाएको ताम्बा गितको सातमा सुरेश ग्याबग तामाड.ले २ वटा तामाड.गीत प्रस्तुत गरेर उपस्थिति दर्शकलाई नचाएका थिए | तमु समाज, मगर समाज, लिम्बु समाज, लालिगुरास साँस्कृतिक परिवारका कलाकारहरुले पनि आ-आफ्नो जातीको साँस्कृतिमा आधारित नृत्य प्रस्तुत गरेका थिए | नरिसाउ मितिनी ज्यु बोलको गीतमा कुवेतकै साना कलाकार द्धय सुरुचि थापा र कृति गुरुड.ले आफ्नो नृत्य प्रस्तुत गर्दा उपस्थिति दर्शकहरु अझ हौसिएका थिए | कलाकार हरु रेशम लामा,दोर्जे लामा,विकल्प तामाड., राजु थिड., लगायतका कलाकारहरु बाट दर्शक हरुले भरपुर मनोरन्जन लिएका थिए | नेपाल तामाड.घेदुड.कुवेतका डिजाईनर एवं गायक पुष्प वाईबाले परम्परागत म्हेन्दोमाया गीत गाउदा घेदुड.का कलाकार लगाएत उपस्थिति दर्शक म्हेन्दोमाया गीतमा नाचेका थिए | कुवेतका लागी चर्चित मित्रता एल्बम बजारमा ल्याइसकेका लोक गायक डिबी लोप्चनले लोक गीत प्रस्तुत गर्दा सिट बाट उठेर नाच्न बाध्य भए दर्शकहरुको वान्स मोर हुटिड.लाई स्वीकार्दै लाइभ बाचा बचाएर प्यारोडी गीत लोप्चनले पस्केका थिए |करिब १२०० भन्दा बढी दर्शकको माझमा नेपाल बाट आएका ख्यतीप्राप्त एवं चर्चित गायक रोज मोक्तानले आफ्नो सुपरहिट गीतहरु पस्कदा दर्शक निकै झुमेका थिए | मोक्तानको कलकते काइयो,झम्झमे स्टाकोट, हेलम्बुको बजारमा, हिउ परेउ फुरुरु मैच्याड.जस्ता रिमिक्स गीतमा दर्शकलाई ननाची सुखै भएन, दर्शकको वान्स मोर पाइरहेका मोक्तानलाई स्टेजबाट बिद लिन निकै हम्मे हम्मे परेका थिए | त्यसैगरी कार्यक्रममा अर्का आकर्षण चर्चित हास्यकलाकार तक्मे बुढा "नाइनटिन फौटिन युद्ध लड्दा पाको मैले तक्मा"भन्ने गीत गाउदै हाउ लाखे, हे नानि हो भनेर स्टेज प्रवेश गर्दा उपस्थिति दर्शक पेट मिचीमिची हासेका थिए कार्यक्रम स्थल वरीपरी नै केन्द्रबिन्दु बनाएर हँसाईरहेका तक्मे बुढाले करिब ४५,५० मिनेट जातीको आफ्नो प्रस्तुतिमा उपस्थित दर्शकलाई हास्न बाध्य तुल्याए | हास्य प्रस्तुतिको सातमा तक्मे बुढाको नाती विल्सन बिक्रम राईको रुपमा प्रस्तुत तक्मे बुढाले मखमली पछ्यौरीले सानु भन्ने गीतको बोलमा केटाकेटी दुबैको नृत्य प्रस्तुत गरेका थिए भने कुवेतका चर्चित नृत्य कलाकार मन्दी प्रधान संग उध्रेको चोलीमा आफ्नो नृत्य कला प्रस्तुत गरेका थिए | कुवेतमा स्थापित नेपाली सम्पूर्ण संघसंस्थालाई समेट्दै मानिएको नेपाल तामाड.घेदुड.कुवेतको ल्होछार कार्यक्रम दर्शकको उपस्थिति र कार्यक्रमको स्तर कुवेतमा प्रवासी नेपालीहरुको लागी पहिलो एतिहासिक कार्यक्रम बनेको छ | तामाड.घेदुड.कुवेतलाई खाडीन्युजको तर्फाबाट हार्दिक हार्दिक बधाई|
No comments:
Post a Comment