Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, February 4, 2013

ब्यापार संजाल 'हाम्रोलिस्ट डटकम 'विधिवत शुभारम्भ


विजय थापा 
भर्जिनिया ,अमेरिका ,बाल्टिमोर .माघ २० का दिन अमेरिकाको बाल्टिमोरमा अमेरिकामा अध्ययनरत बिद्यार्थीहरुको पहलमा बिधुतिय ब्यापार संजाल(ईकमर्स -'हाम्रोलिस्ट डटकम)को विधिवत रुपमा उद्घाटन गरियो l मुलत बिधुतिय ब्यापार कारोबारलाई व्यवस्थित ,सुरक्षित तथा झन्झटमुक्त बनाउने उदेश्यको साथ बाल्टिमोरबाट संचालनमा ल्याइएको जानकारी यसका प्रमुख सुरज भट्टराईले गराएका थिए भने यो एउटा ब्यबसाय भएको हुनाले १० जना युवाहरु मिलेर संचालन ल्याईएको हो भने  l अतिथिहरुलाई स्वागत तथा यसमा खरिद कर्ताहरुले नया तथा पुराना जिनिसहरु सम्म बिधुतिय माध्यमबाट किन्न सक्ने छन् भन्दै सबै जनाको परिचय निर्मल पाण्डेले गरेका थिए l 
बिधुतिय माध्यमबाट किनमेल गर्ने चलनको अत्यधिक वृद्धि भै रहेको र अझ माग बढी रहेको हुनाले नेपाली बिद्यार्थीहरुले यस्तो सोच १ बर्ष अगाडी देखि नै आएको जानकारी सुरज भट्टराईले दिए l बाल्टिमोर स्थित बाना ( बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका )का अधक्ष्य विजय श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो भने यसको प्रगति र उन्नतिको कामना गर्नु  भएको थियो l वक्ताहरुमा समाजसेवी र बानाका पुर्व अधक्ष्य कृष् घिमिरेले खुशी व्यक्त गर्दै युवाहरुलाई शुभकामना दिनु भएको थियो l बाल्टिमोरका अर्का प्रसिद्ध समाजसेवी बिनोद उप्रेतीले यो ब्यबसाय मुनाफा गर्ने उदेश्यले गर्ने हुनाले यस तर्फ ध्यान दिनु पर्ने कुरा व्यक्त गर्दै कार्यक्रममै हौसला प्रदान गर्न केहि आर्थिक सहयोग गर्नु भएको थियो l वाशिंगटन डिसी नेपाली दूताबासको तर्फबाट महामहिम राजदूत डा शंकर प्रसाद शर्माको शुभकामना तथा नेपाल सरकारको तर्फबाट नियुक्त हुनु भएका अवैतनिक महाबाणिज्य दुत प्रेम राजा महतको पनि संदेश सुनाईएको थियो l
साझेदारी केहि सदस्यहरुले यस बारेमा बिबिध पक्षमा बोल्नु भएको थियो l  उक्त कार्यक्रममा केहि प्रश्न उत्तरको पनि समय राखिएको हुनाले प्रश्नको प्रति उत्तर आयोजकले दिएका थिए lनेपाली पस्मिना ,थान्का ,हस्कला ,चित्रकला ,पहाडे कागज आदि इत्यादी यसमा बिश्व ब्यापी रुपमा माग बढी रहेको हुनाले बिधुतिय ब्यापार संजाल(ईकमर्स -'हाम्रोलिस्ट डटकमले न्यून लगानी भएका ब्यापारीहरुलाई अवसर  प्रदान गर्ने  र प्रभाबकारी रुपमा बिश्व बजारमा खरिद कर्ताहरुको लागि सहज मार्ग बनाइ दिने लक्ष्य लिइएको जानकारी गराईएको थियो l 
उक्त कार्यक्रममा स्थानीय ब्यापारीहरु ,बिद्यार्थी ,समाजसेवी ,बिभिन्न सघ तथा संस्थाका प्रतिनिधिहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो भने संचारकर्मीहरुमा ग्लोब नेपालडटकमलाई बिसेष धन्यबाद दिइएको थियो भने कार्यक्रममा ईनेपालिज़  डटकमका विश्व राज थापाको उपस्थिति रहेकोले प्रशंसा गर्दै धन्यबाद आयोजकले दिए l
                                

No comments: