Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, February 3, 2013

क्रिकेट संघ डाइनामिक भएन : कप्तान खड्का


काठमाडौं, माघ २२ - क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) चुस्त नहुँदा खेलाडीको प्रदर्शनमा असर गरेको राष्ट्रिय टोलीका कप्तान पारस खड्काले बताएका छन्। सेफर्ड कलेजले आइतबार गरेको 'नेपाली क्रिकेटका चुनौती' सेमिनारमा पारसले राम्रो खेल्नुका साथै प्रशासनलाई झकझकाउने काम पनि खेलाडीको काँधमा रहेको बताए। 
'संघ डाइनामिक भएन। तलबी कर्मचारी नराखेसम्म क्यानले रफ्तार लिन सक्दैन्। स्वंयम सेवक भनेर धेरैले फाइदा उठाइरहेका छन,' क्यान व्यावसायिक रुपमा चल्न नखोज्नुलाई नेपाली क्रिकेटको मुख्य समस्या मान्ने पारसले भने, 'प्रमुख प्रतियोगिता जित्दा खेलाडीले घोषित पुरस्कार पाउन समेत ठूलो संघर्ष गर्नुपर्छ।' पारशले क्यानमा रहेका सवै पदाधिकारीले आ-आफ्नो क्षेत्रका लागि प्रायोजक खोजेर गतिविधि बढाउन सक्नुपर्ने विचार राखे। 
क्यान सदस्य किरण राणाले ३२ सदस्यीय केन्द्रिय कार्यसमिति भएपनि सक्षमको संख्या थोरै भएको बताए। उनले राष्ट्रिय क्रिकेट एकेडेमी प्रायोजनका लागि केही व्यावसायिक प्रतिष्ठानसंग छलफल भइरहेको बताउदै भने, 'कर्पोरेट टिम बनाउने योजनामा अगाडी बढेका छौं। नेपाल पुलिस क्लबलाई फेरी ब्युँत्याउने प्रयास भइरहेको छ र नेपाल आर्मीको पनि क्रिकेट टोली बनाउन पहल भइरहेको छ।' उनले भएकै भौतिक पूर्वाधारलाई थप सुविधासम्पन्न पार्न क्यान लागेको बताए।
राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेले एसोसिएट राष्ट्रको विगतबाट नेपालले पाठ सिक्नु पर्ने बताए। 'श्रीलंका, जिम्बावे र बंगलादेशले आइसिसीको प्रतियोगिता जित्दै टेस्ट क्रिकेटको मान्यता पाए,' श्रीलंकामा रहेको चरम राजनीतिक समस्याका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषदले थुप्रै पटक चेतावनी दिएको स्मरण गर्दै दासानायकेले भने, 'तर श्रीलंकामा राम्रो खेलाडी उत्पादन गर्ने क्रम जारी रह्यो। किनभने त्यहाँको विद्यालय स्तरको क्रिकेट निरन्तर थियो।'
श्रीलंकाका पूर्व टेस्ट क्रिकेटर दासानायकेले २००३ मा विश्वकपको सेमिफाइनल पुगेको केन्याको राष्ट्रिय टोली राम्रो भएपनि त्यहाँको घरेलु संरचना सन्तोषजनक नरहेको बताए। नेपालको वर्तमान अवस्था केन्याको जस्तै भएको बताउदै उनले छ। तर केन्याको घरेलु संरचना कमजोर छ, राम्रो विद्यालय स्तरको प्रतियोगिताको संरचना पनि राम्रो छैन्। नेपाल अहिले यही स्थितिमा छ। आगामी १२ महिनामा हामी एकदिवसीय मान्यता प्राप्त टोली पनि बन्न सक्छौं। त्यसबाहेक अन्य पक्ष पनि राम्रो हुन जरुरी छ।'
अम्पायर संघका महासचिव विनय झाले एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा पुगेका टोली बीच दुईदिवसीय र फाइनलमा पुगेका टाली बीच तीनदिवसीय प्रतियोगिता गर्न क्यानको तयारी भइरहेको बताए। क्यानका सल्लाहकारद्धय अमिर अख्तर र सुर्य थपलिया, चौधरी ग्रुपका उपमहा प्रवन्धक लालबावु प्रसाद, सेफर्डका निदेशक सुरेश आचार्य लगायतले नेपाली क्रिकेटका चुनौती बारे आफ्नो तर्क राखेका थिए।
(नागरिक)

No comments: