Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, February 6, 2013

नेपाल र पाकिस्तानबीच मैत्रिपूर्ण फुटबल आज


२४ माघ, काठमाडौं । नेपाल र पाकिस्तानबीच मैत्रिपूर्ण फुटबल आज हुँदैछ । एएफसी च्यालेन्जकप छनोट फुटबलको तयारीमा रहेको दुई देशबीचको खेलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे २ बजेपछि हुनेछ ।

खेलमा नेपाल पाकिस्तानमाथि जित निकाल्दै आत्मविश्वास बलियो बनाउने योजनामा छ । पोलिस प्रशिक्षक ज्याक स्टोफानोस्की आफ्नो पहिलो खेलमा नै नेपाललाई सफलता दिलाउन आतुर छन् । उनले १० नयाँसहितका ३१ खेलाडीलाई मैत्रिपूर्ण फुटबलमा मौका दिने बताएका छन् ।
५ वर्षपछि नेपाल भ्रमणमा आएको पाकिस्तानले भने नेपाललाई घरेलु मैदानमा कडा चुनौती दिने तयारी गरेको छ । पाकिस्तानी प्रशिक्षकले नयाँ प्रशिक्षक आएपछि नेपाली खेलाडीको मनोबल बढेको पाइएको भन्दै आफ्ना खेलाडीहरुले साफ च्याम्पियानसीपमा भन्दा राम्रो खेल्ने बताए । नयाँ दिल्लीमा भएको साफ च्याम्पियानसीप फुटबलमा नेपाल र पाकिस्तानले १–१ को बराबरी खेलेको थियो ।

No comments: