Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, February 6, 2013

सबैभन्दा महँगो शहरमा जापान, सस्तोको चौथोमा काठमाडौं


काठमाडौं, माघ २४ (नागरिक) - इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको एक अध्ययनले काठमाडौंलाई संसारकै सबैभन्दा सस्तो शहरको चौथो स्थानमा रहेको देखाएको छ। संसारका सबैभन्दा महँगा शहरमा जापानको टोकियो र ओसाका पहिलो र दोस्रो स्थानमा छन् भने सबैभन्दा सस्तो १० मध्ये पाँच दक्षिण एसियामा परेका छन्। सिएनएनका अनुसार वित्तीय संकटका कारण जापानी ऐनको मूल्य लगातार उधो लागेपनि राजधानी टोकियो सबैभन्दा महँगो शहरको पहिलो सूचीमा कायम छ।
विश्वनव्यापीरुपमा गरिएको वर्ल्डवाइड कस्ट अफ लिभिङ सर्वेअनुसार अट्रेलियन शहरहरु यो सूचीमा माथितिर उकासिएका छन्।
अस्ट्रेलियन डलरको मूल्यले अमेरिकी डलरलाई माथ दिँदै उकालो लागेजस्तै भएका छन् यहाँका शहरहरु। राजधानी सिड्नी तेस्रो महँगो शहरमा परेको छ भने अर्को शहर मेलवर्न नर्वेको ओस्लोसँग बराबर अंकसहित चौथोमा। ओस्लो पनि चौथोमै परेको छ (संख्यामा ५)।
छैटौंमा सिंगापुर रहेको छ भने सातौमा स्विटजरल्यान्डको जुरिच। आठौं महँगो शहरमा फ्रान्सको राजधानी पेरिस परेको छ। भेनेजुएलाको कारकास र स्विटजरल्यान्डको जेनेभा क्रमश: ९ र १० औं स्थानमा परेका छन्।
यो सूचीमा एसियाली मुलुकहरुको उल्लेख्य प्रगति भएको देखिन्छ। विश्ववका महँगा २० शहरको सूचीमा एसियाका ११ शहर समावेश छन्।
हरेक दुई वर्षको अन्तरालमा गरिने यो अध्ययनमा उत्पादन, सेवा, खाना, पेय, विद्यालय शुल्क र घरायसी सर सामानजस्ता सामानको मूल्य आधारमा मापदण्ड तोकिएको हुन्छ।
सबैभन्दा सस्ता १० भित्र दक्षिण एसियाका ५ शहरहरु समावेश भएका छन्। संसारकै सबैभन्दा सस्तो शहरको पहिलो सूचीमा पाकिस्तानको कराँची परेको छ। दोस्रो सूचीमा भारतको मुम्बई र तेस्रोमा नयाँ दिल्ली परेका छन्। चौथोमा काठमाडौं परेको छ। अल्जेरियाको अल्जियर्स र रोमानियाको वुचारेस्ट संयुक्तरुपमा पाँचौ स्थानमा छन्। श्रीलंकाको कोलम्बो सातौं स्थानमा परेको छ। सबैभन्दा सस्तो शहरको आठौंमा पानामाको पानामा सिटी, नबौंमा साउदी अरेवियाको जेदाह र दशौंमा इरानको तेहरान परेको छ।

No comments: