Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, February 6, 2013

मैत्रिपूर्ण फुटबलमा नेपाल पाकिस्तानसँग पराजित

२४ माघ, काठमाडौं । पाकिस्तानविरुद्धको पहिलो मैत्रिपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । एएफसी च्यालेन्ज कप छनोट फुटबलको तयारी स्वरुप बुधबार भएको खेलमा नेपाल पाहुना टोलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।पोलिस प्रशिक्षक ज्याक स्टेफानोस्कीले नेपाली टोली सम्हालेपछि भएको पहिलो खेलमा नै नेपालले हार व्यहोरेको हो । नेपाल र पाकिस्तानबीचको दोस्रो तथा अन्तिम मैत्रिपूर्ण फुटबल शनिबार हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अन्तिम ५ मिनेट सम्हालिन नसक्दा नेपाल हार व्यहोर्न बाध्य भएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिसकेको अवस्थामा थपिएको ५ मिनेटका अतिरिक्त समयको पहिलो मिनेटमा नै पाकिस्तानले गोल गरेका हो । पाकिस्तानी खेलाडीको प्रहार नेपाली गोलरक्षक किरण चेम्जोङलाई विट गर्न सफल भएपनि बारमा लागेर फर्किएको थियो । तर, अनमार्क रहेका असाम बासिरले गोललाइनमा रहेको बललाई सही दिशा दिएका हुन् ।यसअघि निर्धारित समयमा दुबै टोलीले केही राम्रा मुभ बनाएपनि गोल गर्न सकेन । नेपाली प्रशिक्षक ज्याकले युवा खेलाडीलाई स्थान दिएका थिए । उनले अनिल गुरुङ र जुमानु राईलाई बेन्चमा राखेका थिए भने सन्तोष साहुखल, भरत खवास र जगजित श्रेष्ठलाई पहिलो रोजाइमा मैदान पठाएका थिए ।

जगजित श्रेष्ठले पूरै खेल खेले भने अमर डंगोल, विशाल राई ए, गणेश खड्का र चेतन घिमिरे वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।खेलपछि नेपाली टोलीका प्रशिक्षक स्टेफानोस्कीले पाकिस्तानलाई दबावमा राखेपनि गोल गर्न नसक्दा हार्नु परेको बताए । बुधबारको खेल प्ररिक्षणत्मक भएको भन्दै उनले आत्तिनु पर्ने बताए । नेपालले खेलमा गोल गर्ने थुप्रै अबसरहरु बनाएपनि गोल गर्न नसकेको उनको भनाई थियो ।पाकिस्तानी प्रशिक्षकले खेलको नजिताबाट आफू सन्तुष्ट नरहेको बताए । उनले नेपालको फिनिसिङमा सुर्धार गर्नु पर्ने सुझाव समेत दिएका छन् । 


 

No comments: