Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, February 21, 2013

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


धनगढी, फागुन १०- विदेशीको डिजाइनमा प्रधानन्यायधीशको नेतृत्वमा सरकार बनाउन लागेको भन्दै नेकपा-माओवादी कार्यकर्ताले धनगढीमा राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्ला दहन गरेका छन्। पुत्लासहित क्याम्पसबाट निस्केको र्‍याली नगरपरिक्रमा गरेर एलएन चोकमा पुतला दहन गरेका थिए।  उनीहरुले प्रधानमन्त्री, राष्ट्रपति र ठूला दलका नेताविरुद्ध चर्का नारासमेत लगाएका थिए।
पुत्ला दहनपछि एलएन चोकमा आयोजित कोणसभामा बोल्ने वक्ताले राष्ट्रियता खतरामा परेको र सिक्किमीकरण र भुटानीकरण बन्ने दिशातिर मुलुक गएकाले सबैलाई विरोध गर्न आग्रह गरेका थिए।नेकपा-माओवादीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले विदेशीका इशारामा प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउन प्रधानमन्त्री र राष्ट्रपतिले समेत पहल गरेकाले पुत्ला दहन गरेको बताए। प्रधानन्यायाधीशको नेतृत्वमा बन्ने सरकार र यो सरकारले गरेको निर्वाचन नस्विकारर्ने उनले बताए।
लोकतन्त्रमा हुनुपर्ने संसद पनि नभएका बेला न्यायपालिका र कार्यपालिका एउटैमा गाभ्ने गरी प्रधानन्यायाधीश नेतृत्व बनाउन लागिएको सरकार निरंकुश राजतन्त्रभन्दा पनि खतरनाक भएको उनले स्पष्ट पारे। 
राष्ट्रघातिलाई छानीछानी निशाना बनाउने र देश निकाला गर्ने उनको चेतावनी थियो। नेकपा-माओवादीलगायतका साना दलले देशव्यापी रुपमा गरेको विरोध कार्यक्रमअनुरुप धनगढीमा पनि विरोध गरेको पुनले वताए।

No comments: