Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, February 21, 2013

बहाराईन र ओमानमा नेपाली राजदूतावास खुल्ने

१० फागुन, काठमाण्डौ । हजारौं नेपाली कार्यरत दुई खाडी मुलुक बहराइन र ओमानमा नेपालले आवासीय राजदूतावास खोल्ने भएको छ ।बिहीवार बिहान बसेको मन्त्रिपरिषद् वैठकले त्यहाँका नेपालीहरुको माग बमोजिम यसै बर्षभित्र दूतावास खोल्ने निर्णय गरेको सरकारमा प्रवक्ता सूचना तथा संचारमन्त्री राजकिशोर यादवले जानकारी दिनुभयो । यसैगरि सरकारले साउदी अरेबियाको जेद्दा र चीनको ग्वाङझाउमा पनि कन्सुलर कार्यालय खोल्ने र उज्वेकिस्तानसंग कुटनीति सम्बन्ध स्थापना गर्ने निर्णय गरेको छ ।

बहराइन र ओमानमा रहेका नेपालीहरुले लामो समयदेखि दूतावास खोल्न सरकारसँग माग गर्दै आएका थिए । दूतावासको अभावमा त्यहाँ कार्यरत नेपाली श्रमिकहरुका समस्या समाधान गर्न कठिनाई भएको थियो भने मृतक नेपाली शव नेपालसम्म ल्याउन पनि कठिन भइरहेको थियो । बहराइनमा करिव ३० हजार र ओमानमा करिव ५० हजार नेपाली कार्यरत रहेको ती देशमा रहेका गैरआवासीय नेपाली संगठनहरुले जानकारी दिएका छन् ।यस्तै वैठकले साना किसान तथा घरेलु उद्यमीको ऋण मिनाहा गर्ने निर्णय गरेको छ । वैठकले भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयको नाम परिवर्तन गरी ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय’ राख्ने निर्णय गरेको छ । यस्तै वैठकले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा खोलिएको ‘जीपी फाउन्डेशन’लाई २९ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ भने ५० बिगाहा जग्दा खरिदका लागि स्वीकृति दिएको छ ।यस्तै सगरमाथा आरोहणको हिरक महोत्वस मनाउन पर्यटनमन्त्रीको संयोजकत्वमा एक समिति गठन गरिने भएको छ । सरकारका प्रवक्ता यादवका अनुसार वैठकले नेपाल पशु चिकित्सालयको अध्यक्षमा डा. धर्मराज खनाल र रजिष्टारमा नारायणप्रसाद घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

No comments: