Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, February 21, 2013

विष पिएर चुनावकालागि प्रधानन्याधिसको नेतृत्व स्विकारेको होः सञ्चारमन्त्री


काठमाडौं ९ फागुन । सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले वर्तमान राजनीतिक गतिरोधको अन्त्य चुनावबाट मात्रै हुने भएकोले दलहरुले विष पिएर प्रधानन्यायधिसको नेतृत्व स्विकारेको स्पष्टोक्ति दिएका छन् । 
मन्त्री यादवले भने–अहिलेको अबस्थामा चुनावको विकल्प छैन, यदी मुलुकले निकास पाउँछ भने अप्रिय निर्णय गरेर भएपनि अगाडि बढ्दा नै लोकतन्त्रको रक्षा हुन्छ । । रिपोर्टर्स क्लब नेपालमा बुधबार लक्ष्मण पौडेलद्वारा लिखित राजनीति र कन्ने एक नामक पुस्तकको विमोचन गर्दै मन्त्री यादवले अन्य विकल्पहरुमा सहमति हुन नसक्दा नचाहँदा नचाहँदै पनि प्रधानन्यायाशीसको नेतृत्वमा सहभागि भएर चुनाव सम्पन्न गरी मुलुकलाई निकास दिनुपर्ने अवस्था आएको बताए ।  उनले प्रधानन्याधिसले दलहरुको आग्रहलाई स्विकारेर मुलुकलाई निकास दिन चुनावी सरकारको नेतृत्व स्विकार्ने विश्वास समेत ब्यक्त गरे । 
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले प्रधानन्यायाशीसको अध्यक्षतामा चुनावी सरकार गठन गरेर मुलुकलाई निकास दिनुपर्ने बताए । अब पनि दलहरुले अडान कायम राखे मुलुकले त्यसलाई थेग्न नसक्ने भन्दै दलहरुलाई आफ्नो दलगत स्वार्थ त्यागेर मुलुकको अवस्थाप्रति गंभिर हुन सुझाव दिए । उनले विदेशमा रहेर पनि नेपाली भाषाको विकास र विस्तारमा योगदान दिएकोमा लेखकलाई धन्यबाद दिदै पुस्तकबाट विदेशको भोगाईको बारेमा नेपालीले राम्ररी बुझ्ने बताए । पुस्तकका लेखक लक्ष्मण पौडेलले नेपालको राजनीतिक अस्थिरताको कारण लाखौं युवा युवतीहरुले विदेशमा दयानीय अवस्था विताउँनु परेको जानकारी दिए । 
उनले भने– म दक्षिण कोरियामा काम गर्दै आएको छु, पुस्तकमा समिटिएका पिडा विदेशमा बस्दै आएका सारा नेपालीहरुको पीडा पोखिएको अनुभव गरेको छु । स्याङ्जा धरमपानीका लक्ष्मणको फुटकर कविता, गीत, निबन्ध, लोक गीत प्रकाशित गरिसकेका छन् भने माला गीत संग्रह, यावेशी उपन्यास र राजनीति–२ उपन्यास प्रकाशोन्मुख रहेको छ । लक्ष्मण पौडेलको दुई कृति राजनीतिक र कन्ने–एकको संचारमन्त्री राजकिशोर यादव, ऋषि धमला र पूर्व राजदूत डा दिनेश चन्द्र भट्टराईले संयूक्त रुपमा विमोचन गरेका थिए । 





No comments: