Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, February 13, 2013

डिसीमा रेखा थापा अभिनन्दित


वाशिंगटन डिसी
विजय थापा भर्जिनिया ,माघ २८ गते ,वाशिंगटन डिसी महानगरमा बसोबास गर्नु हुने नेपाली समुदायले नेपाली चलचित्रकि प्रख्यात नायिका रेखा थापालाई म्यारिल्याण्ड स्थित नेपाली समुदायको चर्चित चमेना गृह घर (ए (कवाफमा एक कार्यक्रमको आयोजना गरि अभिनन्दन गरियो  िनायिका थापाले  नेपाली चलचित्रमा गर्नु भएको अतुलनीय योगदान र समर्पण प्रति सम्मान गर्ने उदेश्य अनुरुप वाशिंगटन डिसी महानगरका समुदाय सदस्यहरुले नायिका थापालाई सम्मानित गरेका हुन्  िनायिका थापाले २०५७ साल देखि नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी हुन्  िचलचित्र जगतको सागरमा १२ बर्ष देखि डुबुल्की मार्नु भएकी नायिका थापा एक सफल कलाकारको साथै एक सफल निर्मात्री पनि हुन्  िनेपाली चलचित्र उद्योगलाई यो अवस्था सम्म पुर्याउन वहाले खेल्नु भएको अहम भूमिका प्रति हौशला प्रदान गर्न सम्मान गरिएको हो  ि झन्डै १०० वटा नेपाली चलचित्रमा अभिनय गरि सकेकि छिन् भने उनि निर्मात्री भएर बनाएका केहि लोकप्रिय चलचित्रहरु अजम्बरी नाता,हिम्मत ,किस्मत, हिफाजत र अन्दाज रहेका छन् । 
नमस्ते अमेरिका(२ साँस्कृतिक कार्यक्रममा भाग लिन नायिका थापा जनवरी २४ तारिख न्यूयोर्क शहर नेपाली चलचित्र निर्देशक हिमग्याप टाशीको साथ आइ पुगेकि हुन् ।  कलाकार थापा मार्च महिनासम्म अमेरिकाको बिभिन्न शहरहरुमा हुने उक्त साँस्कृतिक कार्यक्रममा सहभागि हुनेछिन  िउक्त अभिनन्दन कार्यक्रममा रेखा थापा ,हिमग्याप टाशी तथा शैलेश श्रेष्ठको साथमा आई पुगेकी थिइन् भने वाशिंगटन डिसीको पर्यटकीय केहि स्थानहरु पनि हेर्ने योजना रहेको बताईएको थियो  िअभिनन्दित भएकी नायिका थापाले मन्तब्य ब्यक्त गर्दै सम्मान गर्नु भएकोमा हर्ष व्यक्त गर्दै कलाकारहरु सम्मान प्रति लालायित हुन्छन भन्दै डिसीबासीहरुलाई कृतज्ञता ज्ञापन गरिन  िधेरै देश भ्रमण आफुले गरेको र यस पालिको अमेरिकाको भ्रमणको उदेश्य केहि बुझ्नु रहेको बताईन भने अमेरिका भन्ने बितिकै नेपालमा सबैले जान चाहेको र अमेरिकासंग चुम्बकीय शक्ति भएकोले होला हरेकको चाहना यो देश आउने सपना हुन्छ भनिन । 
अमेरिकामा आउने जो कोहि पनि भाडा माझ्न गएको भनि अधिकांशले सोच्ने गरेको र मैले पनि कुनै बखत यस्तो पनि सोचे होला तर अमेरिका आए पछि मेरो सोचाई र धेरैको सोचाई गलत रहेछ  िआफैले अनुभव गरेको हुनाले अमेरिका भाडा माझ्न मात्र नभै मान प्रतिस्ठानमा बसेका ठुला ठुला ब्यक्ति बनेका ,आफ्नो ब्यबसाय गरेर बसेको हुनाले अमेरिकामा नेपालीहरुको अवस्था यस्तो नभएकोमा खुशी ब्यक्त गरिन  िनेपाली चलचित्र उद्योगको अवस्था राम्रो रहेको भन्दै नेपाली चलचित्रलाई सुधार्न हामी सबैले हात फैलाई दिन आग्रह गरिन भने हामीले नेपाली चलचित्रलाई भारतीय चलचित्रसंग तुलना गर्नु  हुदैन भन्दै हाम्रो बजार सानो र कम लगानीमा बन्ने हुन्छ भनिन  िभारतीय चलचित्रमा कलाकारहरुलाई ठुलो सम्मान हुने देखिएको तर नेपाली कलाकारहरुलाई त्यो दाजोमा नदेखिएको छ भनिन। 
उक्त कार्यक्रममा प्रश्न उत्तर पनि राखिएको थियो भने सवालको जवाफमा आत्म बिस्वासको साथ सबैको उत्तर चित्त बुझ्दो गरि दिएकोमा उपस्थित समुदायले कर्तल ध्वनिले सम्मान गरेको थियो  िउनीले सबैको जवाफ दिने क्रममा कलाकार भएकोले आफुले समाज र परिवारलाई कहिले बिगार्न काम नगरेको ,आफुले समाज सेवा गर्न कर्णाली अञ्चलको बिकट ठाउँबाट सामाजिक सेवा सुरु गर्ने भै सकेको जानकारी गराईन  िआफुले अमेरिकाको स्थाई आवशीय पत्र अर्थात् हरियो पत्र आदि ईत्यादिमा समय खर्च नगर्ने र हरियो पत्रको मृग तृष्णा नभएको भन्दा सबैलाई आश्चर्य बनाई दिईन  । 
प्रश्न कै जवाफमा आफु कुनै दलसंग आबद्द नभएको भन्दै थापाले आफु कलाकार दलको हु भनि जवाफ दिएकी थिईन  िनेपाल बनाउनको लागि चिन्तन मननको जरुरि छ भनिन भने रेखा थापाका धेरै चलचित्र सफल हुन्छन भन्दा आफुले दर्शकको लागि चलचित्र बनाएको उत्तर दिएकी थिइन्  िनेपाल ५( ६ बर्ष भित्र राम्रो हुने विश्वास गर्दै चलचित्र कर्मी तथा कलाकारहरु पनि राजनैतिक धारमा आउनु पर्ने कुराको खुलाशा गरिन र किन न आउनु हुने भन्ने प्रश्न गरेकी थिइन्  िबिभिन्न संघ तथा संस्थामा आबद्द तथा समाजसेवीहरु क्रमस लक्ष्मण प्रधान ,खिलेन्द्र न्यौपाने ,प्रकाश नेपाल ,आनन्दु लामा ,विश्व राज थापा,रमा सिंह ,बिष्णु कुमारी थापा तथा डा एकराज लुईटेलले प्रश्न राख्नु भएको थियो । 
\उक्त कार्यक्रममा वाशिंगटन डिसी राजदूताबासका उप नियोग प्रमुख अर्जुन कान्त मैनालीको प्रमुख आतिथ्यमा गरिएको थियो भने प्रमुख अतिथिको तर्फबाट दूताबासले गर्न सक्ने सहयोग गर्ने र दूताबासमा आउन निम्ता दिनु भएको थियो  िकलाकारलाई सम्मान गर्न सिक्नु पर्ने भन्नु भयो  िभर्जिनिया राज्यका लाउडन काउन्टी ९ लाउडन जिल्ला ० प्रजातान्त्रिक दलका सभापति ।ईभान माक्बेथले नायिका रेखा थापालाई अमेरिकामा हार्दिक स्वागत गर्नु भएको थियो भने प्रजातान्त्रिक दलबारे ब्याख्या गर्दे कोषाधक्ष्य हरि शर्माको प्रशंसा गर्नु भएको थियो  ियसै बीच कार्यक्रमका सभापति लोकनाथ तिवारीले उक्त लाउडन काउन्टी ९ लाउडन जिल्ला ० प्रजातान्त्रिक दलका सभापति ।ईभान माक्बेथलाई ४ १००१ ९ एक हजार १ डलर जेफर्सन जाक्सन रात्री भोजको लागि सौजन्य स्वरुप प्रदान गर्नु भएको थियो  िलाउडन काउन्टी ९ लाउडन जिल्ला प्रजातान्त्रिक दलका कोषाधक्ष्य हरि शर्माले प्रजातान्त्रिक दलको बारेमा संक्षिप्त कुरा राख्नु भएको थियो । 
कार्यक्रममा बुद्दिजीवि ,समाजसेवी ,संचारकर्मी ,संघ तथा संस्थाका बिशिस्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो  िकार्यक्रमको सभापति समाजसेवी तथा ब्यबसायी लोकनाथ तिवारीको अधक्ष्यतामा सम्पन्न गरिएको थियो  ितिवारी बिभिन्न संघ तथा संस्थामा आबद्द रहनु भएको छ भने नेपाल ,पोखरा वालिङ्गबाट एक दशक भन्दा पहिले बिदेशिदै अमेरिकामा आई दुईवटा चमेना गृह साझेदारीमा संचालन गरि रहनु भएको छ  िवहाले स्वागत मन्तब्य व्यक्त गर्दै संचार कर्मीहरुले कलाकारहरुको बारेमा सकारात्मक लेख्न आग्रह गर्नु भयो   िनेपाली चलचित्रले बलिवूड र हलीवूड सम्म पुग्न सकोस भनि शुभकामना दिनु भएको थियो  िप्रमुख  अतिथि दूताबासका उपनियोग प्रमुखले ताम्रपत्र कलाकार रेखा थापालाई पढी सम्मान गर्नु भएको थियो भने उक्त चमेना गृहका अर्का साझेदार चेतनाथ शर्माले अतिथिहरुलाई खादा ओढाई सम्मान गर्नु भएको थियो । अभिनन्दित हुने कलाकार रेखा थापालाई शान्ति शर्माले पुष्प गुच्छाले अभिनन्दन गर्नु भयो  िकार्यक्रम संचालन विजय थापाले गर्नु भएको थियो ।  ि

     

No comments: