Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, February 13, 2013

वसन्तापुरलाई सरसफाई नमुनागाउँ



गोविन्द खड्का
घोराहि दाङ, १ फागुन शौचालय बनाउन ढिला गरेको भनेर पटक पटक आलोचना खेपेको लालमटिया १ वसन्तापुरलाई सरसफाई नुमना गाउँ बनाउने घोषणा गरिएको छ । मंगलवार दोश्रो खुलादिसा मुक्त घोषणा भनि ५० हजार रुपैयाँ वितरण गर्दै गाविस खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले सात ओटा सुचक दिएको छ ।
उनिहरुले संधैभरी घर आगन गल्ली चोक शौचालय सफा राख्ने, खाना खानु अघि शौचालय गए पछि र सागपात वच्चाको दिसा धोए पछि सावुन पानीले हात धुने, प्रत्यक घरमा फिल्टर राख्ने र पानी शुद्धिकरण गरेर प्युने, पशु चौपायाँ गाई गोरु सुँगुर वुंगुर व्यवस्थि तगर्ने, फोहर फाल्ने खाल्टो बनाउने र भाँडा माझ्ने जुठ्यान नाउने, शौचालयमा चप्पल प्रयोग गर्ने, वासी सडेगलेको खाना नखानेर खानेकुरा छोपेर राख्ने जस्ता सुचक बनाई पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
वडा नागरीक मञ्चका अध्यक्ष वुद्धिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ए माओवादिका श्यामेश चौधरी, नेपाली कांग्रेशका नुमानन्द सुवेदी, एमालेका किरण भण्डारी, थरुहट तराई पार्टीका सनीराम चौधरी, संघिय लोकतान्त्रिक मञ्चका किशोर कुमार चौधरी, समाजसेवि युवराज न्यौपाने लगाएतले चैत्र मसान्त भित्र नमुना गाउँ बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।
करिव १२ सय जनसंख्य रहेको वडामा २ सय १ घर परिवारमा शौचालय वनि सकेको छ । ९८ प्रतिशत थारु समुदाय अन्य व्राहमण क्षत्री रहेको वस्तु नमुना बन्नुले आश्चर्य चकित पारेको कार्यक्रमका प्रमुख अतिथि एवं खानेपानी सरसफाई डिभिजनकार्यलका प्राविधिक तिल बहादुर केसीले बताउनुभएको छ । यसै गरी गाविस खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं गाविस सचिव टेक बहादुर खड्काले आज वाट अभियान शुरु गरिएको र क्रमसः गाविसलाई नमुना बनाईने बताउनुभएको छ । स्थानिय थारु नाचगान गरी भव्य बनाईएको कार्यक्रममा स्वागत युवराज न्यौपानेले र सञ्चालन प्रेम चौधरीले गर्नुभएको थियो ।

No comments: