Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, February 13, 2013

युएईका संचारकर्मी संग समन्ध विस्तार गर्ने

त्रिलोचन कोर्इराला
युएर्इ, नेपाल पत्रकार महासंघ युएई शाखाले नेपाली पत्रकारहरुको लेखन सैली बृद्धि तथा  स्थानीय संचारकर्मी सँग समन्ध विस्तार गर्न बिभिन्न कार्यक्रम गर्ने भएको छ ।शाखाले यूएइका स्थानीय संचारकर्मी संग समन्ध विस्तार गर्ने भन्दै आगामी फेब्रुअरी २२ तारिक यूएइबाट प्रकासित हुने बिभिन्न संचारमाध्यममा काम गर्ने पत्रकारहरु सँग भेटघाट तथा अन्तरक्रिया गर्ने भएको छ ।
स्थानीय संचारकर्मी सँग युएइको संचार नीति , आचार संघियता , कानुनि परिधि लगाएतको बिषयमा छलफल र युएर्इमा हुने नेपाली गतिविधिलाई स्थानीय संचारकर्मीलार्इ अबगत गराउन कार्यक्रमको आयोजना गर्न लागिएको शाखा अध्यक्ष अर्जुन दाहालले बताएका छन ।यसै गरि शाखाले मार्च १५ तारिक पत्रकारिता तालिमको पनि आयोजना गरेको छ । युएइको पत्रकारिताको लेखनम सैलीमा बृद्धि गर्ने तथा पत्रकारिता गर्न चाहने व्यक्तिहरुलाई तालिम प्रदान गरीने शाखाले जनाएको छ ।समचार केहो , समचार संकलान कसरि गर्ने तथा समाचार कसरि लेख्ने बिषयमा शाखाको प्रतिनिधि मार्फत तालिम प्रदान गरीने भएको छ ।
शाखाको गत फेब्रुअरी ८ तारिक बसेको नियमित बैठकले उप्त कार्यक्रम गर्ने निणर्य गरेको शाखा सचिब निकेष गिरीले  जानकारी गराउदै नेपाल पत्रकार महासंघ युएई शाखाले प्रकाशीत गर्ने नेपाली गतिविधि मासिक तथा अनलार्इनलार्इ अझ ब्यावस्थित गर्दै संचालन गर्न जनाउदै सम्पुर्ण युएर्इमा रहेका नेपालीसंग साथ सहयोगको लागी  आवहान गरेका छन ।
   


No comments: