काठमाडौं फागुन २ । लगानी बोर्डले राजधानीमा मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययन डिपिआरका लागि मेट्रो नेपाललाई स्वीकृति दिएको छ । सिंहदरबारमा वुधवार बसेको लगानी बोर्डको बैठकले मेट्रो नेपाललाई स्वीकृति प्रदान गरेको हो ।
स्वीकृतिसँगै सम्भाव्यता अध्ययनको काम तत्काल सुरु गर्ने मेट्रो नेपालका कार्यकारी प्रमुख दिपक तिमिल्सिनाले जानकारी दिनुभयो । मेट्रो नेपालले एक बर्ष भित्रमा डिपीआर सक्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।
विभिन्न पाँच चरणमा सम्पन्न गरिने अध्ययनको पहिलो चरणमा महाराजगञ्ज–सातदोबाटो खण्डको अध्ययन गरिने छ । मेट्रो रेलमार्ग करिब ६१ दशमलव १ किलोमिटरको हुने छ ।
बैठकले सर्वे लाईसेन्सको म्याद सकिएका ४ वटा ठुला जलबिद्युत परियोजनाले आयोजना बिकास सम्झौता पिडिए गर्नुअघि थप अर्को सम्झौता गर्नु पर्ने व्यवस्था पनि गरेको छ । पिडिएका लागि निवेदन दिएका तर म्याद सकिएका अरुण तेश्रो, मर्स्याङदी, माथिल्लो कर्णाली र तामाकोशी ३ आयोजनाले पिडिए गर्नु अघि नयाँ सम्झौता गर्नुपर्ने भएको हो ।
बोर्डले ५ सय मेगावाट भन्दा ठुला आयोजनालाई आफु मातहत ल्याएर सहजिकरण गरिरहेको छ । ती आयोजनाको लागि काम अघि बढाउन बाटो सहज गर्ने निर्णय भएको लगानी बोर्डको बैठकमा सहभागि उर्जा मन्त्रालयका सचिब हरेराम कोइरालाले जानकारी दिनुभयो । त्यस्तै लगानी बोर्डले विभिन्न क्षेत्रमा लगानी भित्र्याउनका लागि कानुनी अबरोध अन्त्य गर्ने निर्णय पनि गरेको छ ।
बोर्डको बैठकले जलविद्युत, सिमेन्ट, फोहरमैला व्यवस्थापन, मेट्रो रेल संचालन लगायतका क्षेत्रमा लगानी भित्र्याउन कानुनी अड्चन रहेमा हटाउने निर्णय गरेको बोर्डका सदस्य कुशकुमार जोशीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment