Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, February 9, 2013

नेपाल र पाकिस्तानवीच आज दोश्रो मैत्रीपूर्ण फुटवल

काठमाडौ, माघ २७ एएफसी च्यालेन्ज छनोट फुटबलको तयारीमा रहेको नेपाल र पाकिस्तानवीच शनिबार दोश्रो मैत्रीपूर्ण खेल हुँदैछ खेल दिउँसो साढे २ वजे दशरथ रंगशालामा हुनेछ । दुईवटा मैत्रीपूर्ण खेलका लागि काठमाडौ आएको पाकिस्तानी टोलीसंग बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले पराजित भएको थियो ।
दुईजना विदेशी प्रशिक्षकले टिम सम्हालेपछि नेपाली राष्ट्रय टोली दोश्रो पटक मैदान उत्रिन लागेको हो । पहिलो मैत्रीपूर्ण खेलमा भन्दा नेपालले शनिबार सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।फागुनमा हुने एएफसी च्यालेन्ज कपको अभ्यासमा रहेका दुबै टोलीले तयारीका क्रममा मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । यसैवीच नेपाली कप्तान सागर थापाले दशरथ रंगशालामा राष्ट्रिय टोलीको लागि आज ५० औ खेल खेल्दैछन् ।

No comments: