Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, February 9, 2013

कस्ता कस्ता सबारी चालक परे कारबाहीमा ? "गल्ती गर्ने चालक पर्ने भए फन्दामा "


काठमाडौं, माघ २५ गते । उपत्यकाको व्यस्त सडकमा चालकले गर्ने लापरवाही विरूद्ध खटिएका सादा पोशाकका ट्राफिक प्रहरीले ५३ दिनमा झण्डै साढे १२ हजार सवारी चालकलाई कारवाहीको दायरामा ल्याएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न गलत माध्ययम अपनाएर यात्रु ठग्ने ६८१ ट्याक्सीलाई समेत कारवाही गरेको छ । उपत्यकामा यूनिफर्म केन्द्रीत ट्राफिक नियम पालना गर्ने प्रवृत्ति वढ्दै गएपछि गत मंसिर २६ गतेदेखि र ट्याक्सीको मनपरी विरूद्ध गत पुस २९ गते देखि महाशाखाले सादा पोशाकका ट्राफिक प्रहरी परिचालन गरेको थियो। महाशाखाले जथाभावी रोक्ने, मोड्ने, ओभरटेक गर्ने, एकतर्फी वाटोमा चलाउने, डिभाईडरमा लगाएको डोरी चुडाएर सवारी साधन मोड्ने, रफ ड्राईभिङ्ग गर्ने सवारीसाधनको स्वरूप परिवर्तन गर्ने, मोवाईलफोन प्रयोग गर्ने लगायतका  लापरवाही गर्ने चालकलाइ लक्षित गरी सादा पोशाकमा ट्राफिक प्रहरी खटाएको थियो ।
यस अभियान अन्तर्गत लेन अनुशासन नगर्ने सवैभन्दा वढी पाँच हजार ८५, जथाभावी पिक एण्ड ड्रप गर्ने एक हजार ८८६, सडक वत्ति उल्लङ्घन गर्ने एक हजार दुइ, गलत पार्किङ गर्ने एक हजार एक सय ३२ लगायत विभिन्न गल्ति गर्ने १२ हजार पाँच सय ७१ जना चालक कारवाहीमा परेको महाशाखाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) पवनकुमार गिरीले जानकारी दिनुभयो ।चालकलाई ट्राफिक नियम पालना गराउनका लागि शुरु गरिएको कारवाही अभियान अन्तर्गत नंबर प्लेटमा स्प्रे गर्न शुरु भएपछि ट्राफिक नियम नमान्ने र सडक अनुशासन उल्लंघन गरेर भाग्नेलाई नियन्त्रणमा लिन सजिलो भएको ट्राफिकको दावी छ । ड्यूटीमा खटिएका प्रहरीले रोक्न खोज्दा खोज्दै भाग्न खोजे नम्बर प्लेटमा कालो स्प्रे गरिन्छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार नंबर प्लेटमा स्प्रे गरिएको कारण जुनसुकै ठाउँमा पुगेपनि चालक कारवाहीबाट जोगिन सक्दैन । 

No comments: