Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, February 9, 2013

एमाओवादीको प्रस्ताव अमान्य : विपक्षी


काठमाडौं, २५ माघ । विपक्षी दलहरुले एमाओवादीले प्रस्ताव गरेको सहमतिको फर्मुला अस्वीकार गरेको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको विपक्षी कांग्रेस-एमाले लगायतका दलहरुको बैठकले एमाओवादीको प्रस्ताव अस्वीकार गरेको हो । सहमतिको फर्मुला भन्दै एमाओवादीले आज प्रस्ताव गरेको बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने कुरालाई विपक्षी दलहरुले अस्वीकार गरेका हुन । 
विपक्षी दलहरुको बैठकले आफूहरुको नेतृत्वमा सरकार गठन हुनु पर्ने र आन्दोलनमा उल्लेख्य जनसहभागिता रहेको ठहर गर्दै भोलिको काठमाडौंको सभामा पनि सहभागिता जनाउन आग्रह गरेको छ । भोलिको काठमाडौं सभाको विषयमा छलफल गर्नका लागि विपक्षी दलहरु छलफलमा जुटेका थिए । यसअघि एमाओवादीका अध्यक्ष प्रचण्डले आफ्नो नयाँ फर्मुला पनि स्वीकार नगरे कांग्रेस-एमाले सिद्धिने चेतावनी दिनुभएको थियो । 

No comments: