Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, February 23, 2013

दुवै मृगौलापीडित किशोरको उपचारको लागि ९८ हजार सहयोग सड्ढलन

पोखरा, १२ फागुन। दुवै मृगौला बिग्रिएको कारण जीवन बचाइदिन सहयोगको याचना गरेका धादिङ जिल्ला खाल्टे गाविस वडा नं. ७ घर भइ पोखरा६ बैदामस्थित तालबाराही उमावि कक्षा १० मा अध्ययनरत १७ वर्षे एक किशोर समीर गुरुङको उपचारको लागि शनिबारमात्र विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट शनिबार मात्र ७५ हजार तीन सय ३९ रुपैयाँ रकम सड्ढलन भएको छ।
जसअनुसार यजाज हजारीले २८ हजार पाँच सय, वडा नं. ६ को कार्यालयदेखि बाराही चोकसम्म पैदलयात्रा गरी टोलका दिदीबहिनीले १३ हजार तीन सय ४५, धादिङ पोखरा सम्पर्क समाजले छ हजार सात सय ६५, बुम¥याङ होटल परिवारले चार हजार छ सय ६३, कुमार गुरुङ होटल रकल्याण्डले चार हजार, डा. थानेश्वर पहारीले दुई हजार आठ सय, हावर्ड इन्टरनेशनल इन्स्टिच्युट प्रालिले दुई हजार, मोहन खड्काले एक हजार १५, पावर मनि चेन्जरले एक हजार, कमल थापाले एक हजार, मिलन रानाले एक हजार, रणबहादुर थापाले एक हजार सहयोग गरेका छन्।
यस्तै पार्वती पौडेलले पाँच सय, सविता थकालीले पाँच सय ५५, प्रताप अधिकारीले छ सय छ, दुतबहादुर पुनले पाँच सय पाँच, बुद्धिबहादुर नेपालीले पाँच सय पाँच, शिला अधिकारस्ीले पाँच सय पाँच, राजेन्द्र अधिकारीले पाँच सय पाँच, सोनु भैयाले पाँच सय पाँच, होटल हिमालयन स्टारले पाँच सय पाँच, होटल सेक्रेट भ्याली इनले पाँच सय पाँच, सोम पुनले पाँच सय पाँच, दिनेश लामिछानेले पाँच सय, कमला पुनले पाँच सय ५०, विकास लामिछानले पाँच सय, नौमति पुनले पाँच सय र रामबजारबाट हरिमाया पुनले पाँच सय रुपैयाँ सहयोग गरेका छन्। सहयोग गर्ने सबैलाई समीर गुरुङको तर्फबाट सहयोगी सूर्यनाथ पहारीले धन्यवाद प्रकट गरेका छन्। शुक्रबार मान उनको उपचारको लागि २३ हजार सड्ढलन भएको थियो।
आर्थिक स्थिति अत्यन्तै कमजोर भएको परिवारमा उनका बुबा दूधबहादुर कार्पेन्टर हुन् भने आमा बुद्धिमाया गृहिणी हुन्।पाँच सन्तानमध्ये तेस्रो उनका तीन दिदीबहिनी र एक भाइ छन्।
हाल गण्डकी मेडिकल कलेज (चरक हस्पिटल) नयाँबजारमा उपचार गराउँदै आइरहेका समीरको हप्तामा दुईपटक डायलोसिस गर्नुपर्ने हुन्छ।एकपटकको डायलोसिसमा रु.२८ सय खर्च लाग्ने गर्छ। उनको उपचारमा हालसम्म करिब ७० हजार खर्च भएको परिवारले जनाएको छ। अस्पतालमै बसेर नियमित उपचार गराउनुपर्ने भएको हुँदा आगामी चैत १ गतेबाट सञ्चालन हुने एसएलसी परीक्षामा समेत सहभागी हुनबाट बञ्चित हुने भएका छन्।उनको उपचारमा सहयोग गर्न चाहनेका लागि बुबा दूधबहादुर गुरुङको नाममा एच एण्ड बी डेभलपमेन्ट बैड्ढमा ००२११००००८१०४९०००००१ नम्बरको बचत खाता खोलिएको छ। साथै ९८५६०२३२१३ मा समेत सम्पर्क राख्न सकिने परिवारले जनाएको छ।



No comments: