Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, February 23, 2013

दोषिमाथि कार्वाहि नभएको भन्दै दलितहरुद्धारा आपत्ति


फल्गुन १३ घोराहि, दाङ
दलित भनेर जातिय उत्पीडन गरेका ग्रामिण विकास वैँकका कर्मचारी भुपति पाण्डेयलाई कानुनि कार्वाहि नभएको भन्दै विभिन्न दलित संघ संगठनले शनिवार श्रीगाउँमा वैठक वसि आपत्ती जनाएका छन् ।
गत फाल्गुन १० गते ऋण वुझाउन वैँकमा गएका शान्तिनगर २ का शालिकराम विकलाई वैँक कर्मचारी पाण्डेले गालि व्यईजति एवं हातपात गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा क्षेत्र नम्वर ५ को आकसस्मीक वैठकले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिदा पनि सुनुवाई नभएको भन्दै आपत्ती जनाएको छ । ‘प्रशासनले समेत दलित भनेर वास्ता गरेन । हामि कडा आन्दोलनका कार्यक्रम घोषणा गरेर अगाडि वढ्न तयार छौँ ।’ विज्ञप्तीमा भनिएको छ । 
पहिलो चरणको आन्दोलनका रुपमा आईतवार विहान तुलसीपुरमा पत्रकार सम्मेलन गर्ने जनाईएको छ । भने वैंकलाई ध्यानआकर्षण गराउने र घटना घटेकै दिन निवेदन दिँदा पनि व्यवास्ता गरेको ईप्रका तुलसीपुरलाई दवाव दिने लगाएत रहको बताईएको छ । शालिकराम वडानागरीक मञ्चका संयोजक, दलित मोर्चाका जिल्ला सदस्य, दलित समन्वय समिति शान्तिनगरका सदस्य समेत रहेको जनाईएको छ । गालि व्यर्यजति र कुटपिट गरेकोले घटनाको घोर भत्र्सना गर्दै दोषिलाई कडा कार्वाहिको माग गर्न विज्ञाप्ती निकाल्नेहरुमा नेपाल राष्टिय दलित मुक्ति मोर्चाका मानवहादुर रसाईली, मोर्चाका केन्द्रिय सल्लाहकार चक्र बहादुर विक, जिल्ला अध्यक्ष खडक बहादुर सुनार, राजनैतिक दलित संघर्ष समिति जिल्ला सहसचिव राधिका परियार लगाएत छन् ।
व्यवास्ता गरिएको विषयमा ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सम्पर्क गर्दा पिविडतले नै वास्ता नगरेको प्रतिकृया दिएको छ । भने ग्रामिण विकास वैंकका प्रवन्धक तिन्कीराम चौधरीले पाण्डेयले त्यसतो व्यवहार नगरेको आफु लाई जानकारी दिएको वताएका छन् । अधिकांश सेवा ग्राहि दलित भएको भन्दै चौधरीले पिडित पक्ष आफ्नो सम्पर्कमा नआएकोले सवैकुरा थाह नभएको जानकारी दिए ।

No comments: