Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, February 10, 2013

जिल्ला अधिवेशन तथा वार्षिक साधारण सभा


काठमाण्डौ  नेपाल,
नेपाल क्षयरोग निवारण सँस्था काठमाण्डौ जिल्ला शाखाको जिल्ला अधिवेशन तथा वार्षिक साधारण सभा वरिष्ट छातीरोग विशेषज्ञ डा. दिर्घसिंह बमज्यूको अध्यक्षतामा काठमाण्डौ महानगरपालिका वडा नं ७, मित्रपार्कमा मिति २०६९ माघ २० गते सम्पन्न भयो । जिल्ला अधिवेशन तथा वार्षिक साधारण सभाको उद्घाटन प्रमुख अतिथि डा. गौरी शंकर लाल दासज्यूले गर्नुभएको थियो । उक्त कार्यक्रममा बरिष्ट क्षातीरोग विशेषज्ञ डा. दीर्घ सिंह बम, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. राजेन्द्र पन्त, नेपाल क्षयरोग निवारण सँस्था केन्द्रिय कार्यालयका उपकोषाध्क्ष श्री शशी कुमार उपाध्याय, र चारु मित्र समुहका अध्यक्षज्यूले आफ्नो मन्तव्य राख्नु भएको थियो । उक्त जिल्ला अधिवेशन तथा वार्षिक साधारण सभामा शाखाको प्रगती प्रतिवेदन शाखाका कार्यवाहक सचिव श्री रामचन्द्र दाहालज्यूले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको प्रतिवेदन शाखाका कोषाध्यक्ष दिल शोभा श्रेष्ठज्यूले अडिट रिपोर्टका साथ पेश गर्नुभएको थियो ।
मन्तव्यको क्रममा प्रमुख अतिथिले नेपाल क्षयरोग निवारण सँस्थाको गौरवशाली इतिहासको जानकारी गराउनुभएको थियो । डा. दीर्घ सिंह बमज्यूले क्षयरोगको वर्तमान अवस्था र काठमाण्डौ शाखाले आगामी दिनमा खेल्नुपर्ने भुृमिकाको विषयमा प्रष्ट्याउनुभएको थियो । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक राजेन्द्र पन्तज्यूले अहिले वर्तमान परिप्रेक्ष्यमा शाखालाई आधुनिक सोच तथा मान्यताका साथ अगाडी वढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । धन्यवाद ज्ञापनको क्रममा डा. दीर्घ सिंह बमज्यूले प्रमुख अतिथिज्यू, केन्द्रवाट पाल्नुभएका उपकोषाध्यक्ष श्री शशी कुमार उपाध्यायज्यू, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. राजेन्द्र पन्तज्यू, चारु मित्र समुहका अध्यक्षज्यू लगायत सम्पूर्ण उपस्थित शाखाका आजिवन तथा साधारण सदस्यज्यूहरुप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । शाखाको यस्ता कार्यक्रमहरुमा सँख्यात्मक  भन्दा गुणात्मक रुपमा व्याख्या गर्दै डा. बमज्यूले आगामी दिनमा शाखाले क्षयरोग नियन्त्रण गर्ने अभियानमा अग्रणी भुमिका खेल्ने कुरामा विश्वस्त गराउनु भयो । शाखाको समापन स्वर्गीय सभापति भुवनेश्वरी सत्यालको संस्मरणमा १ मिनेट मौन धारण गरी भएको थियो ।
उद्घाटन समारोह पश्चात निर्वाचन अधिकृत श्री शशी कुमार उपाध्यायज्यूले निर्वाचन प्रकृया शुरु गर्नुभएको थियो । जस अनुसार सर्वसम्मत १ सभापति  र १० नया सदस्यहरुको चयन गरिएको थियो । 
१. डा. दीर्घ सिंह बम सभापति
२. श्री मञ्जुरी सिंह उपसभापति
३. श्री रामचन्द्र दाहाल सचिव
४.श्री अनिता शाह सह सचिव
५. श्री दिल शोभा श्रेष्ठ कोषाध्यक्ष
६. श्री लक्ष्मी प्रसाद श्रेष्ठ सदस्य
७. श्री दिपा थपलिया सदस्य
८.श्री नारायण देवी मल्ल सदस्य
९. श्री लीना सत्याल सदस्य
१०. श्री सानु कुमारी भट्टराई सदस्य
११. श्री नारायण प्रसाद शर्मा पौड्याल सदस्य


No comments: