गोविन्द खड्का
घोराहि दाङ, २६ माघ
आफ्नो विज्ञापन वाट फाईदाका लागि भन्दा सामाजिक परिवर्तनमा दाङको सञ्चार माध्यम लागेको भनेर डडेल्धुराका अधिकारीहरुले प्रसंसा गर्दै आफ्नो जिल्लामा लागु गरिने बताएका छन् ।
आउदो आषाढ मसान्त सम्म डडेल्धुरालाई खुलादिसा मुक्त घोषणा गर्ने लक्ष्य सफल बनाउन अनुभव संगाल्ने भन्दै डडेल्धुराको भ्रमण टोलि शुक्रवार दाङ आएको छ । त्यहाँका स्थानिय विकास अधिकारी तुलसी श्रेष्ठको नेतृत्वमा माओवादि, कांग्रेस, एमाले राप्रपा, राप्रपानेपाल लगाएतका जिल्लामा रहेका राजनैतिक दल, पत्रकार, सरकारी कार्यालयका प्रतिनिधिहरु लगाएतको टोलि भ्रमणमा आएको हो ।
टोलिले विहान जिल्ला खानेपानी सरससफाई तथा स्वच्छता समन्वय समिति दाङ संग अन्तरकृया गरेको थियो । कार्यक्रममा डडेल्धुराका स्थानिय विकास अधिकारी श्रेष्ठले सरसफाईमा खोजमुलक पत्रकारीता नभएको जानकारी दिनुभएको थियो । खाली चर्को मुल्यमा विज्ञापन खोजेको र त्यसैलाई सञ्चार माध्ययमले आफ्नो योगदान सम्झीने गरेको वताउनुभयो । अधिकारी श्रेष्ठले अहिले सम्म ६ वटा गाविस खुल्ला दिसामुक्त भईसकेको, विद्यालयमा समस्या देखिएको जानकारी दिनुभएको थियो । डडेल्धुरामा जिविस र गाविसका पञ्जीकरण लगाएतका सवै सेवा सुविधा शौचालय नबनाउनेलाई रोक्का गरिएको, २७ हजार घरधुरी रहेको जिल्लामा ७५ प्रतिशत शौचालय बनिसकेको, सवै राजनैतिक दलहरुले शौचालय नबनाउने पार्टि सदस्यका सदस्यता नविकरण नगर्ने नियम वनाएको, गाविसहरुलाई विभिन्न संघ संस्थाका जिम्मा लगाएर परिणाम ल्यान भनिएको लगाएतको अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो । यहाँको रणनीतिक अवस्थाका वारेमा जान्न आएको जानकारी दिनुभयो ।
यसैगरी खानेपानी सरसफाई तथा स्वाच्छता समन्वय समितिका सदस्य सचिव एवं खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख अरुण कुमार सिंखडाले जिल्लाको अवस्था वारे जानकारी गराउन भएको थियो । डडेल्धुराको जिज्ञासाको जवाफ दिँदै सिमखडाले मध्य र सुदुर पश्चिममा जनसंख्यामा दोश्रो र वसाई सरी आउनेमा झण्डै पहिलो जिल्ला दाङ भएकाले अभियानमा कठिनाई भएको जानकारी गराउनुभएको थियो । खानेपानी समेत नपाईने स्थानमा पनि शौचालय बनि प्रयोगमा आएको भन्दै एक गाग्री वोक्नेले दुई गाग्रि लिएर पनि काम चलाएको जानकारी दिनुभयो । केहि विद्यालय र गाविस सचिवहरुमा समस्या आएको हलगर्ने प्रयास भईरहेको वताउनुभयो । भने रेडक्रस र आर आर एन वाहेक अन्य संघसंस्थाले कुनै पनि सहयोग नगरेको जानकारी दिनुभयो । अनुदान विनाको अभियान सफल भएको, जिल्लाको अवस्था ८५ प्रतिशत नाघेको, अनुगमन लाई प्रभावकारी वनाईएको लगाएतका वारेमा सिमखडाले जानकारी गराउनु भएको थियो ।
त्यसैगरी जिल्ला शिक्षा अधिकारी जीत बहादुर शाहले विद्यालयमा भएका चुनौतिका वारेमा जानकारी गराउनु भएको थियो । शौचालय बनेपनि धारा दिन नसकिएको, विद्युत लाईनले पानी तान्न समस्या पारेको लगाएतको चुनौति देखाउनु भएको थियो । जिल्लाका ८० हजार विद्यार्थीलाई सुधार्न विभिन्न कार्यक्रम बनाउन लागिएको जानकारी शाहको भनाई थियोे । भने जिल्ला जनश्वास्थयकार्यालयका किशोर आचार्यले पनि स्वाथ्यका क्षेत्रमा भएका गतिविधिका वारेमा जानकारी गराउनुभएको थियो । भने कार्यक्रम खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति अध्यक्ष दाङ जिल्लाका निमित्त स्थानिय विकास अधिकारी एवं लेखा अधिकृत श्यामराज जोशिको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजिकरण खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जिनियर तिलक न्यौपानेले गर्नुभएको थियो ।
No comments:
Post a Comment