Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, February 3, 2013

तलब नपाएकी चेली नियोगको शरणमा


प्रेम लामा
दोहा  ३ फेब्ररी  – बैदेशिक रोजगारीका सिलसिलामा कतारमा घरेलु कामदारको रुपमा ३० महिनादेखि कार्यरत मधुमल्ला–१ मोरङ्ग्की २३ बर्षिय बलिमाया राई आइतबार नियोगको शरणमा आएकी छन् । एक अरवीको घरमा ८ सय कतारी रियाल तलबमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी राई तलवसम्बन्धि समस्याका कारण दुतावासमा सहयोग खोज्न आएकी हुन् ।
१० महिना अघि एक छुटि नेपाल गएर आएकी राईले समयमा तलब नदिने, घरमा जति काम गरेपनि किचकिच गर्ने र काम धेरै लगाउने गरेकोले भागेर नियोग आएको बताइन् । छुट्टिबाट फर्केपछि १० महिनाकै तलव नपाएको उनको गुनासो छ । उनलाई उनकै भिनाजु खैरेनीका भगीरथ पौडेलले घरेलु कामदारको रुपमा कतार ल्याएका हुन् । भिनाजुले आपूm कार्यरत कम्पनीका मेनेजरको घरमा घरेलु कामदारकारुपमा उनलाई दोहा ल्याएका थिए । काम सजिलो र घरमा बच्चा मात्र हेर्ने काम भनेर ल्याइएता पनि यहाँ आएपछि सबै काम आफैले गर्नुपर्ने हुँदा शारीरिकरुपमा कमजोर भएको पिडीत चेलीले बताइन् ।
आइतवार नै उनका भिनाजुले भेट्न नियोग आउँदा उनको तलब ४ हजार रियाल उनलाई थाहा नदिई उनका बुवाको नाममा नेपाल पठाइदिएको पिडीत चेलीले बताइन् । ‘मलाई त केही थाहा थिएन बुबाको नाममा पैसा नेपाल पुगेपछि मात्र थाहा पाएँ’ उनले भनिन् । फेरि काममा बोलाएपनि अव नजाने र घरफर्कने सोचकासाथ उनी नियोगको शरणमा नेपाल जाने प्रतिक्षामा रहेकी छिन् । अव भने उनी कार्यरत घरबाट १ महिनाको मात्र तलब लिन बाँकी रहेको छ । ‘१ महिनाको तलबले टिकट आउँछ कि आउँदैन थाहा छैन, भिनाजुले पनि पासर्पोट र १ महिनाको बाँकी तलब मुदिरलाई भनेर उपलब्ध गराउँछु भनेको छ’ उनले भनिन् ।

No comments: