दोहा३ फेब्ररी गैर आवासीय नेपाली संघ कतार च्याप्टर (एनआरएनए एनसीसी) को समन्वयमा १४ वटा संघसंस्थाद्वारा गत तिहारको अवसरमा संयुक्तरुपमा खेलिएको देउसी कार्यक्रमबाट संकलित रकम कतारमा बिचल्लीमा परेका नेपालीहरुको आकस्मिक उद्वारका लागि प्रयोग गरिएको छ ।
सो रकमबाट दुतावासको आश्रयमा रहेका पिडितहरूलाई ओढ्ने ओछ्याउने सामाग्रीहरू खरिद गरिएको थियो । एनआरएनए एनसीसी कतारका अध्यक्ष अमृत गुरुङ सहित १४ संस्थाका प्रतिनिधिहरूले गत साता राजदुत डा. मायाकुमारी शर्मालाई हस्तान्तरण गरे । राजदुतावासमा पुगेको प्रतिनिधिहरूको टोलीले कम्फोर्ड व्ल्यांकेट (डबल तथा सिंगल) १० थान, म्याट्रेस (डबल तथा सिंगल) ६ थान, सिरानी १० थान र बेड सिट (तन्ना) १० थान राजदुतलाई हस्तान्तरण गरेको थियो ।
सो अभियानमा एनआरएनए एनसीसी, नेपाल लोकतान्त्रिक मञ्च, नेपाली महिला समाज, मोरङ सुनसरी सेवा समाज, चितवन युवा समुह, कास्की आदर्श सेवा समाज, प्रवासी झापाली सम्पर्क मञ्च, स्याङजा सहयोग समाज, अर्धाखा“ची सेवा समाज, गुल्मी सेवा समाज, प्युठान सेवा समाज, मितेरी फिल्म्स सांस्कृतिक परिवार, खस क्षेत्री सेवा समाज र प्रवासी नेपाली सांगितिक परिवार सामेल थिए ।
No comments:
Post a Comment