दोहा ३फेब्ररी – मुस्लिम संघ नेपाल, जनसम्पर्क समिति कतारले २५ जनवरीमा प्रथम अधिवेसन सम्पन्न ग¥यो । अधिवेसनले मोहम्मद मजिद मियाँलाई संघको सभापति पदमा सर्वसम्मत निर्वाचित गरेको छ । विस्तृत कार्यसमितिको घोषणा छिट्टै नै गर्ने जानकारी सो अवसरमा दिइएको छ ।
संघका निवर्तमान सभापति अबु बकर अलीको सभापतित्व तथा नेपाली जनसम्पर्क समिति कतारका सभापति बिमल सुवेदीको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा कतारस्थित नेपाली समुदायको उत्साहपुर्ण सहभागिता रहेको थियो ।
बिशेÈ अतिथिका रुपमा जनसम्पर्क समितिका संरÔक नरेन्द्र भाट, सल्लाहकार संयोजक बद्री प्रसाद पाण्डे, बिशेÈ समन्वय समिति संयोजक राजेश दर्शन अर्याल, सदस्यता वितरण संयोजक मोहम्मद शाकिर अली, महामन्त्री करिम बख्श मियाँ, सल्लाहकार संयोजक निजाबुद्दिन मियाँ, तरुण दलका अध्यÔ मान बहादुर केसी, ट्रेड युनियन कांग्रेसका अध्यÔ युवराज पाठक, महाधिवेशन प्रतिनिधि अर्जुन खड्का तथा अतिथिहरुका रुपमा एनआरएनए एनसीसीका अध्यÔ अमृत गुरुङ, सामाजिक अगुवा सागर नेपाल, नेपाल इञ्जिनियर एशोसिएसन कतारका अध्यÔ अर्जुन भट्टराई, नेपाल लोकतान्त्रिक मञ्चका अध्यक्ष दिल किरण खजुम, नेपाल कतार एकता समाजका अध्यक्ष टुकराज शर्मा, जनप्रगतिशील मञ्चका उपाध्यक्ष जिवक्ष महतो, आदिवासी जनजाती महासंघका महासचिव देवराज राई, खस Ôेत्री समाजका उपाध्यÔ रेशम बस्नेत, प्रवासी नेपाली मुस्लिम समाजका अध्यक्ष याकुव राइन, प्रवासी नेपाली मुस्लिम सेवा समाजका अध्यक्ष मक्सुद आलम साथै अन्य जिल्लास्तरीय संघसंस्थाहरूका पदाधिकारीको वाक्लो प्रतिनिधित्व थियो ।
कार्यक्रमका प्रमुख अतिथि बिमल सुबेदीले मुस्लिम युवाहरूको सक्रियताको कदर गर्दै आगामी दिनहरुमा अझ शशक्तरुपले अगाडि बढ्ने धारणा राखे । सो अवसरमा उनले दलित संघ नेपालको घोÈणा पनि गरे । सो समारोहका सभापति अबु बकर अलीले अधिवेशनसम्मको यात्रालाई सहज र सजिलो बनाउन संघर्È गरिरहेका ब्यक्तिहरूलाई धन्यवाद दिँदै सम्पूर्ण जिम्मेवारहरूलाई कर्तब्यबाट बिमुख नहुन आग्रह गरे । मुस्लिम संघको स्थापनार्थ महत्वपूर्ण योगदान दिएका जनसम्पर्क समितिका महामन्त्री करिम बख्श मियाँले दोहाका दुइ ठुला मुस्लिम समाज एक बनेर जानुपर्ने अपिल गर्दै मुस्लिम संघ सदा नेपाली मुस्लिम समुदाय र समग्र नेपाली समुदायप्रति समर्पित रहने प्रतिबद्वता ब्यक्त गरे ।
कमरुद्दिन अत्तारीद्वारा पवित्र कुरानको खण्ड बाचनसंगै शुरु गरिएको कार्यक्रममा संघका उपाध्यÔ अताबुल राइनले स्वागत मन्तब्य राखे भने अधिवेशन संयोजक तथा जनसम्पर्क समिति कतारका कोÈाध्यÔ मुहम्मद शाकिर अलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारे । मोहम्मद मजिद मियाँले प्रस्तुत गरेको सो कार्यक्रममा दर्जन अधिक वक्ताहरूले मुस्लिम संघलाई शुभकामना दिए । नेपाली महिला संघकी महासचिव आमिना खानले महिला हिंसा र विभेदप्रति मुस्लिम संघको ध्यानाकर्Èण गराइन् । न्यु मुस्लिम फेमिलीका महासचिव आशिफ अली चापागाईंले नया बन्ने कार्यसमितिलाई शुभकामना दिदै नेपाली मुस्लिम समुदाय टुटफुटको भुमरीमा नफसी एकताको शुत्रमा बाधिनुपर्ने जरुरी रहेको बताए ।
No comments:
Post a Comment