Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, February 7, 2013

हास्य कलाकार तक्मे बुढा अर्थात् (विल्सन बिक्रम राई) सगको कुरा कानी जस्तैको त्यस्तै

इस्ट मान वाईबा/ प्रदिप नेपाली
कुवैत सिटी ,६ फेब्रअरी । सम्पूर्ण नेपाली हरुको मन मुटुमा बस्न सफल हुनु भएका नेपाल तामाड.घेदुड.कुवेतको निम्तोलाई स्वीकार्दै गत शुक्रबार कुवेत आई आफ्नो कला प्रस्तुतिले दर्शकलाई हसै नचाई गैसक्नु भएको छ | एउटा साधारण निम्न बर्गीय घर परिवारमा जन्मिएर पनि आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्न  सकक्षेम  यिनी नेपाली दर्शक हरुमा परिचित मात्र नभएर मनको ढुकढुकी सम्म बन्न पुगे |बिगत ८ बर्ष  देखि अहिले सम्म १६ देश घुमी सकेका नेपालका चर्चित   हास्य कलाकार टेली सीरेयेल "मेरी बास्सै ,घरबेटी बा र  सायद फिल्ममा अभिनय गरेका  प्रसिद्द हास्य कलाकार तक्मे बुढा अर्थात् (विल्सन बिक्रम राई) सग हाम्रा सहकर्मी लामा भाईर प्रदिप नेपाली ले गरेको कुरा कानी जस्तैको त्यस्तै 


  • तपाइको जन्म कहाँ र कहिले भएको हो ? 
लाखे मेरो जन्म भन्नु पर्दा (हास्दै ) २०४३ साल माघ १५ गते झापाको ४ पोन बिर्तामोडमा भएको हो | 
  • बिबाह भएको छ कि छैन ? 
लाखे भाको छैन तरुनी भने जस्तो पाको छैन (हास्दै)अब गर्ने सोचमा छु | 
  • अभिनेताको अलाबा अरु कुनै  काम गर्नु हुन्छ ? 
मेरो काम भनेको अभिनेता मात्र नभएर गायन र नृत्यमा पनि छ मा हरेक क्षेत्रमा आफ्नो नाम कमाउन चाहन्छु मैले पहिलो गीत ए दोस्ती नामको निकालेको हो यो लगभग २०६५ तिरको हो खासै अरु काम नहुदा  यसैमा ब्यस्त हुन्छ | 
  • तपाइको बाल्यकाल कसरि बित्यो र घर परिवारबाट कतिको सहयोग पाउनु भयो ?
 मा सानामा सधै तिष्ण बुद्धिको थिए मेरो बाल्यकाल खासै राम्रो संग बितेन आमा  १ कक्षामा पढ्दा खेरि बित्नुभयो आमाको खासै मायाको अनुभूति गर्न पाइएन  त्येसैले मेरो जीवन कष्टकर र दु:खका साथ  बित्यो तर बुबा हुनुहुन्त्यो सधै माया गर्नु हुन्थ्यो बुबाको माया र सहयोग ले अहिले म यो स्थानमा आउन सफल भए |
  • यो अवस्था सम्म आउन कसैको साथ  पाउनु भयो वा आफ्नै कला र क्षामताले ? 
म मेरा गुरु वा यो अवस्थामा ल्याउन सहयोग गर्ने केदार घिमिरे अर्थात् "माग्ने बुढा" को सहयोग र सथले यहाँ सम्म आउन सफल भए |
  •  यो अवस्था सम्म आइपुग्दा तपाइलाई के पाए के घुमाए जस्तो केहि लाग्छ ? 
सबै भन्दा ठुलो कुरा मैले सम्पूर्ण नेपालीको माया पाएको छु साधारण लेखपढ भएर पनि आज मलाई यो अवस्था सम्म आउदा गर्भ लाग्छ मैले पैसालाई ठुलो मान्दिन सबै कुराले पुगेको छ | 

हजुरलाई  धेरै धेरै धन्यवाद तपाइको ब्यस्थ समय को बबुजुत पनि हामीलाई समय दिनु भएकोमा 

No comments: