Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, February 7, 2013

हास्य कलाकार तक्मे बुढा अर्थात् (विल्सन बिक्रम राई) सगको कुरा कानी जस्तैको त्यस्तै

इस्ट मान वाईबा/ प्रदिप नेपाली
कुवैत सिटी ,६ फेब्रअरी । सम्पूर्ण नेपाली हरुको मन मुटुमा बस्न सफल हुनु भएका नेपाल तामाड.घेदुड.कुवेतको निम्तोलाई स्वीकार्दै गत शुक्रबार कुवेत आई आफ्नो कला प्रस्तुतिले दर्शकलाई हसै नचाई गैसक्नु भएको छ एउटा साधारण निम्न बर्गीय घर परिवारमा जन्मिएर पनि आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्न  सकक्षेम  यिनी नेपाली दर्शक हरुमा परिचित मात्र नभएर मनको ढुकढुकी सम्म बन्न पुगे |बिगत ८ बर्ष  देखि अहिले सम्म १६ देश घुमी सकेका नेपालका चर्चित   हास्य कलाकार टेली सीरेयेल "मेरी बास्सै ,घरबेटी बा र  सायद फिल्ममा अभिनय गरेका  प्रसिद्द हास्य कलाकार तक्मे बुढा अर्थात् (विल्सन बिक्रम राई) सग हाम्रा सहकर्मी लामा भाईर प्रदिप नेपाली ले गरेको कुरा कानी जस्तैको त्यस्तै 


  • तपाइको जन्म कहाँ र कहिले भएको हो 
लाखे मेरो जन्म भन्नु पर्दा (हास्दै ) २०४३ साल माघ १५ गते झापाको ४ पोन बिर्तामोडमा भएको हो 
  • बिबाह भएको छ कि छैन 
लाखे भाको छैन तरुनी भने जस्तो पाको छैन (हास्दै)अब गर्ने सोचमा छु 
  • अभिनेताको अलाबा अरु कुनै  काम गर्नु हुन्छ 
मेरो काम भनेको अभिनेता मात्र नभएर गायन र नृत्यमा पनि छ मा हरेक क्षेत्रमा आफ्नो नाम कमाउन चाहन्छु मैले पहिलो गीत ए दोस्ती नामको निकालेको हो यो लगभग २०६५ तिरको हो खासै अरु काम नहुदा  यसैमा ब्यस्त हुन्छ 
  • तपाइको बाल्यकाल कसरि बित्यो र घर परिवारबाट कतिको सहयोग पाउनु भयो ?
 मा सानामा सधै तिष्ण बुद्धिको थिए मेरो बाल्यकाल खासै राम्रो संग बितेन आमा  १ कक्षामा पढ्दा खेरि बित्नुभयो आमाको खासै मायाको अनुभूति गर्न पाइएन  त्येसैले मेरो जीवन कष्टकर र दु:खका साथ  बित्यो तर बुबा हुनुहुन्त्यो सधै माया गर्नु हुन्थ्यो बुबाको माया र सहयोग ले अहिले म यो स्थानमा आउन सफल भए |
  • यो अवस्था सम्म आउन कसैको साथ  पाउनु भयो वा आफ्नै कला र क्षामताले 
म मेरा गुरु वा यो अवस्थामा ल्याउन सहयोग गर्ने केदार घिमिरे अर्थात् "माग्ने बुढा" को सहयोग र सथले यहाँ सम्म आउन सफल भए |
  •  यो अवस्था सम्म आइपुग्दा तपाइलाई के पाए के घुमाए जस्तो केहि लाग्छ 
सबै भन्दा ठुलो कुरा मैले सम्पूर्ण नेपालीको माया पाएको छु साधारण लेखपढ भएर पनि आज मलाई यो अवस्था सम्म आउदा गर्भ लाग्छ मैले पैसालाई ठुलो मान्दिन सबै कुराले पुगेको छ 

हजुरलाई  धेरै धेरै धन्यवाद तपाइको ब्यस्थ समय को बबुजुत पनि हामीलाई समय दिनु भएकोमा 

No comments: