Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, February 6, 2013

त्रिविको लापरवाहिले परिक्षाबाट बञ्चित

रामहरि गजुरेल
नुवाकोट, २४ माघ  देशकै ठुलो त्रिभुवन विश्व विद्यालयको चरम लापरवाहिले वुधवार नुवाकोटमा विद्यार्थीहरुले निकै ठुलो पीडा र तनाव व्यहोर्नु परेको छ । त्रिभुवन विश्व विद्यालयले गत मंसिर २७ गते प्रकाशित गरेको शिक्षा संकायतर्फको स्नातक तेश्रो वर्षको परिक्षा तालिका अनुसार वुधवार हुनु पर्ने प्राइमरि एजुकेशन विषयको परिक्षा विश्व विद्यालयको चरम लापरवाहिका कारण हुन सकेन । 
परीक्षा सुरु हुन लाग्दा केन्द्राध्यक्ष जगत पोखरेलले त्रिविको केन्द्रमा सम्पर्क गरेपछि केन्द्रले प्राइमरी एजुकेशन ३०१ पुरानो कोर्सको प्रश्नपत्र नै नछापिएको गैरजिम्मेवार भनाई आएपछि नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा परीक्षा दिन पुगेका २३ जना परीक्षार्थी जीवनमै पहिलोपटक परीक्षा नदिई फर्कनु परेको परीक्षा शाखाका संयोजक देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । नुवाकोट मात्र नभई बुधवार हुनुपर्ने प्राइमरी एजुकेशन ३०१ पुरानो कोर्सका देशभरका सम्पूर्ण परीक्षार्थीहरु परीक्षाबाट वञ्चित भएको श्रेष्ठले वताउनुभयो । 
प्रश्नपत्र नछापेर गैरजिम्मेवार बनेको त्रिविको चरम लापरवाहीको कारण बुधवार हुन नसकेको सो विषयको परीक्षा आगामी फागुन ९ गते गरिने भएको छ । 

No comments: