Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, February 6, 2013

अन्तराष्र्टिय तस्करीमा संलग्नहरु कारागार चलान



रामहरि गजुरेल
नुवाकोट, २४ माघ । दुई साता अघि बिदेशमा तस्करीका लागि तयार गरिएको दुर्लभ पाटेवाघको छाला र हड्डीसहित प्रहरीद्वारा पक्राउ परेका तीन जनालाई जिल्ला वन कार्यालय नुवाकोटले पुर्पक्षको लागी थुनामा राख्ने आदेश दिएको छ । राजधानी काठमाण्डौँ सँग जोडिएको नुवाकोटकोे ओखरपौवा गाविसबाट पाटे बाघको छाला र हड्डीसहित दुई जनालाई पक्राउ गरेको दुई दिन पछि नुवाकोट प्रहरीले बन्यजन्तुको छालाजडित कपडा, हात्तीको दाह्राबाट बनेका सामग्री र ठूलो परिणाममा नेपाली र बिदेशी मुद्राहरु बरामद गरेको थियो । 
गत पुस २८ गते पासाङ ल्हामु मार्गमा रहेको ककनी प्रहरीचौकीले चेकजाँचको क्रममा बा २ ख ७५०४ नम्वरको मिनिट्रक बाट दुर्लभ पाटेबाघको पाँच थान छाला र  बाघको बिभिन्न अँगका हड्डीहरु बरामद गर्नुका साथै सवारी धनी सुकबहादुर तामाङ र चालक नकुल तामाङलाई नियन्त्रणमा लिएको थियो । उनीहरुकै बयानका आधारमा बौद्धस्थित लोडु डिमेको घरमा छापा मारिएको र उनी फरार रहेका कारण उनकी ३९ वर्षिया श्रीमती डिकी छिरीङलाई नियन्त्रणमा लिएको थियो । 
नियन्त्रणमा लिइएका तीनै जनालाई बन तथा बन्यजन्तु ऐन अनुसार कारबाही अघि बढाइएको छ । जिल्ला वन अधिकृत प्रेमप्रसाद खनालको एकल इजलासले अवैध किसिमले वाघको छाला र हड्डी ओसारपसार गरेको कारण थप अनुसन्धानका लागी पुर्पक्षको लागी कारागार पठाएको हो ।
नुवाकोट प्रहरीले दुई साता अगाडि काठमाडौ महानगरपालिका वडा नं. ६ बौद्धका लोडु डिमेको घरबाट नेपाली रुपैया ३९ लाख २७ हजार पाचसय ९०, चिनीया येन चारहजार नौ सय १३ र ईण्डोनेसियन रुपैया ५० हजारसहित बिभिन्न नामको नेपाली र चाईनिज गरी ६ थान राहदानी र बिभिन्न बैंकका १२ थान चेकहरु पनि बरामद गरेको थियो ।
काठमाडौंबाट नुवाकोट हुँदै तिव्वततर्फ निकासी गर्न लागेको अवस्थामा पहिलोपटक ठूलो मात्रामा पाटे बाघको छाला र हड्डीसहित दुई तामाङ युवकलाई प्रहरीले पक्राउ गरेपछि उनीहरुकै सुचनाको आधारमा काठमाडौ महानगरपालिका वडा नं. ६ वौद्धकी  तिव्वतीयन महिला डिकि छिरिङलाई पक्राउ गरिएको थियो । नुवाकोटवाट खटिएको विशेष प्रहरी टोलीले ति महिलाको घरवाटै चार थान मानव आकृतिका खप्पर, विभिन्न जनावरको साना ठूला छालाका टुक्रा १० थान, विभिन्न जातका वन्यजन्तुको छाला जडित कपडा १२ थान, तिव्वती भाषाको लोगो अंकित छाप सात थान, हड्डीको छाप एक थान, क्युरियो फ्रेम १४ थान, हड्डीको विंड भएको चक्कु एक थान, हड्डीबाट बनेका प्यालाहरु ४० थानलगायतका सामानहरु बरामद गरेको थियो । 
यसैगरी, हडड्ीबाट बनेको डमरु एकथान, हड्डीबाट बनेको हात्तीको मुर्ति एक थान, ढलौटका साना मुर्तिहरु १७, थान, विभिन्न जडिबुटीबाट बनेको चिनियाँ औषधि एक पोका, सुनजडित मुंगाको माला एकथान,  मुंगाको माला चार थान, सानो बट्टारमा मुंगाको माला एक बट्टा, विभिन्न बैंकका १२ थान चेक, पुरानो मोडेलको भिडियो चक्का चार थान र हात्तीको दाह्रावाट वनेको सानो मुर्ति एकथान प्रहरीले वरामद गरेको हो । ति महिलाका ३४ वर्षिय श्रीमान् लोडुुडिमे भने हालसम्म फरार रहेका छन् ।
नुवाकोट प्रहरीले पहिलोपटक धेरै मात्रामा तस्करीका सामानहरु बरामद गरेपछि नेपालको उत्तरी सीमा क्षेत्रमा तस्करको गिरोह सकृय भइरहेको प्रहरीले दावी गरेको छ  । विदेशमा व्यवसाय र शोकको रुपमा प्रयोग गरिने ती सामाग्रीहरु तस्करी भइरहेको जनाइएको छ । ठूलो परिणाममा तस्करीका  सामग्रीहरु बरामद हुनुले नुवाकोटको बाटो हुदै तस्करहरुले सीमापार तस्करीको सञ्जाल बिस्तार गर्ने प्रयास गरेको रहस्य खुलेको प्रहरी नायव उपरिक्षक दीपकराज खरेलले वताउनुभयो । 
फरार लोडुडिमे अंगिकृत नेपाली नागरिकता भएका व्यक्ति हुन् । प्रहरीले विश्व वन्यजन्तु संरक्षण कोषबाट संरक्षित पाटेबाघको पाँच थान छाला र पाटे बाघको विभिन्न अंगका हड्डीहरु राखिएको सात बोरा हड्डी सहित रसुवाका बा २ ख ७५०४ नम्बरको मिनीट्रकका धनी चिलिमे गाविस वडा नं. ४ का ४० वर्षीय सुकबहादुर तामाङ र सोही मिनीट्रकका चालक रसुवाकै गत्लाङ गाविस वडा नं. ५ घर भएका २३ वर्षीय नक्कुल तामाङलाई पक्राउ गरेको र उनीहरुकै सूचनाका आधारमा तिव्वतीय महिला ढिकि छिरिङको घरवाट उनीसहित ती सामाग्रीहरु पक्राउ गरेको हो ।  
दुवै जनालाई पाटेबाघको छाला र हड्डीहरुसहित पासाङल्हामु मार्गको त्रिशूली–काठमाडौं सडक मार्गको ओखरपौवा गाविस वडा नं. ३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सो मिनीट्रकबाट चामलको बोराहरुको बीचमा ¥यापिङ, प्याकिङ गरी टिटोनी अफ स्वीटजरल्याण्ड नामक लोगो अंकित शिलबन्दी ट्याकिङ गरी लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका मिनीट्रक धनी र चालकले काठमाडौं बौद्धबाट तिव्वतीयन समुदायका लोडुडिमेले आफूहरुलाई एकसय १० बोरा चामलसहित प्याकिङ गरिएको सामान रसुवाको स्याफ्रुवेसी पु¥याएपछि चामलसहित एकलाख रुपैयाँ दिने वताएपछि बालाजुबाट मिनीट्रकमा सामान लिएर आएको वताएका थिए । शंकास्पद अवस्थामा लुकाईछिपाई नुवाकोटको विदुरहुँदै रसुवाको स्याफ्रुबाट तिव्वततर्फ निकासी गर्न लैजाँदै गरेको अवस्थामा प्रहरीचौकी ककनीले पहिलोपटक ठूलो मात्रामा बाघको छाला र हड्डीसहित दुईजनालाई नियन्त्रणमा लिएपछि थप रहस्य खुल्दै आएको प्रहरी निरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो ।







No comments: