Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, February 6, 2013

श्रीमतीको छुरी रोपेर हत्या


रामहरि गजुरेल
नुवाकोट, २४ माघ ।  पछिल्लो समय देशभर महिला हिंसाका घटनाहरुले भयानक रुप लिँइरहँदा नुवाकोटको बट्टार बजारमा वुधवार दिउंसो श्रीमानले छुरी धसेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । आत्महत्या गर्ने उद्धेश्यले आफैलाई छुरी धसेका श्रीमान गम्भीर घाइते भएका छन् ।
विदुर नगरपालिका वडा नं. ६ इनारपाटी घर भएका ३७ वर्षिय अणप्रसाद पौडेलले पारिवारिक झगडामा श्रीमती २८ वर्षिया दीपा पौडेलको छुरी धसेर घरमै हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी नायव उपरिक्षक दीपकराज खरेलले जानकारी दिनुभयो । श्रीमतीलाई हत्या गरेपछि अणप्रसादले आत्महत्या गर्ने उद्धेश्यले आफुलाई पनि छुरी धसेर गम्भीर घाइते भएपछि प्रहरीले उद्धार गरेर नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचारको लागी पुयाएको छ ।

No comments: