Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, February 6, 2013

वर्षाका कारण इटा उद्योगमा ठुलो क्षति

दाङ  २४ माघ । लगातार परेको वर्षाका कारण दाङमा करोड मूल्यको इटा नष्ट भएको छ । दाङदेउखुरी इटा उद्योगका अध्यक्ष रोम ओलीले अहिलेसम्म बनेकामध्ये ७० प्रतिशत पोल्न बँकी इटा नष्ट भएको जानकारी दिनुभयो । ओलीले अढाई करोडसम्मको क्षतिको विवरण आएको र सम्पूर्ण क्षतिको विवरण आउन अझै बाँकी रहेको पनि जानकारी दिनुभयो । जिल्लाभित्र रहेका चिम्नी र भुसे इँटा उद्योगमा तयारी अवस्थामा राखिएका काँचो इटा झरीका कारण नष्ट भएको हो । दुई दिनदेखि परिरहेको वर्षाका कारण जिल्लाभित्र रहेका ४० कढी इँटा उद्योगका ७० प्रतिशत इँटा पानीका कारण नष्ट भएको अध्यक्ष वलीले जानकारी दिनुभयो । वर्षा अझै नरोकिएका कारण उद्योगमा रहेका काँचो इँटामा पूर्ण रूपमा क्षति पुग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । जिल्लाका प्रायजसो भट्टामा ८ देखि १० लाख रुपैया“सम्मका इँटा पोल्नका लागि तयारी अवस्थामा राखिएको व्यवसायीहरूले बताएका छन् ।   

No comments: