Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, February 6, 2013

एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले गरे धोबिघाटको खुलासा


हेटौंडा, २४ माघ । एकीकृत नेकपा माओवादीको महाधिवेशनमा जारी बन्दसत्रमा धेरै प्रतिनिधिहरुले धोबीघाट प्रकरणमाथि प्रश्न उठाइरहेका बेला प्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले धोबिघाट गठबन्धन बनाउँदा गल्ती भएको स्वीकार गरेका छन । आफूलाई प्रचण्डविरुद्ध उचाल्दै आएको समेत उपाध्यक्ष डा. भट्टराईले खुलासा गर्नुभएको छ । उहाले भन्नुभयो-पार्टी भित्र र बाहिरबाट प्रचण्ड विरुद्ध मलाई उचाल्ने प्रयासहरु हुँदै आएका छन  धोबिघाटमा वैद्यपक्षले प्रचण्डलाई हटाउन प्रस्ताव गरेको तर आफूले नमानेको उनले खुलासा गर्दै मेरो नेता कमरेड प्रचण्ड नै रहेको सपष्ट पार्नुभएको छ ।  । लाबाङमा आफूमाथि कारवाही हुँदा पनि उहाँलाई मैले चुनौती दिएको होइन ।उनले सामुहिक नेतृत्वको अभ्यास हुनुपर्छ भन्ने धारणा राखे । प्रचण्डको म विकल्प होइन, तर, नेतृत्वको सामुहिक श्रृखला बनाइनुपर्छ । मलाई र केही कमरेडहरुलाई संशोधनवादी भएको आरोप छ, हामी संशोधनवादी होइनौ, हामीहरु क्रान्तिकारी हौं’, उपाध्यक्ष भट्टराईले भन्नुभयो । 
कमसेकम यो सरकारले प्रतिक्रान्ति रोकेको छ । उनले उचित्र विकल्प भए आफूले सरकार छाड्ने पनि बताए। सरकारको कामबारे म आफैं सन्तुष्ट छैन, यसलाई मिलाउनुपर्छ । घाइते, शहीद परिवार र वेपत्ता परिवारको व्यवस्थापन हुन नसकेकै हो, अब उत्पादन बढाउने अभियानसँगै उहाँहरुको व्यवस्थापन गर्न सकिन्छ ।जति राम्रो काम गर्न खोजे पनि अदालतले दिएन । युद्धकालीन मुद्दाबारे सत्य निरुपण आयोग बनाउने प्रयास गरे पनि राष्ट्रपतिले नदिएको बताए । वर्तमान सरकारले विगतका अन्य सरकारको तुलनामा राम्रो काम गरेको भन्दै उनले उपयूक्त विकल्पविना सरकार छोड्न नहुने बताए ।

No comments: