Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, February 6, 2013

स्थानीयवासीको बिरोधका कारण ल्याण्डफिल्ड साइट निर्माणबाट फिनल्याण्ड सरकार हात झिक्यो


काठमाडौं, माघ २४ । फिनल्याण्ड सरकारको सहयोगमा मोरङको डङ्ग्राहामा निर्माण हुने भनिएको ल्याण्डफिल्ड साइटबाट फिनल्याण्ड सरकारले पूर्णरूपमा हात झिकेको फिनिस राजदूत आस्को ल्युकानेन्ले जानकारी दिनुभयो । उहाँले फेबु्रअरी १३ देखि ल्याण्डफिल्डको सबै काम बन्द भइसक्ने र क्षेत्रीयस्तरको एकीकृत फोहोर प्रशोधन केन्द्र नबन्ने भएको बताउनुभयो । 
ल्याण्डफिल्डका लागि अहिलेसम्म भएको काम कारबाहीको विषयमा छलफल गर्न आयोजित कार्यक्रममा राजदूत आस्कोले ल्याण्डफिल्ड परियोजनामा अब फिनल्याण्डको लगानी नहुने स्पष्ट पार्नुभएको हो । उहाँले कुनै पनि विकास स्थानीय वासीको चाहना अनुसार हुनुपर्ने भन्दै विरोधका बीच विकासको काम गर्न फिनल्याण्ड सरकारले योजना सफल हुन् न सक्ने बिश्लेसण गरेको छ । स्थानीयको पटक–पटकको अवरोधका कारण सम्झौता अवधि सकिएकाले फिनल्याण्ड सरकारले परियोजनाबाट हात झिकेको हो । ल्याण्डफिल्ड साइट निर्माणका लागि फिनिस सरकारले ४४ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो भने नेपाल सरकारले फिनल्याण्ड सरकारको सहयोगमा ५९ करोडको लागतमा मोरङ र सुनसरीको फोहोर व्यवस्थापन गर्न ल्याण्डफिल्ड साइट निर्माण गर्ने परियोजना अघि बढाएको थियो । 

No comments: