
नेपाल सरकार
सिंहदरवार,काठमाण्डौं
विषय : माग पत्र पेश गरिएको बारे ।
यो संसार श्रम र पसिनाको सुन्दर नमुना हो र श्रमिकहरु यो संसारको असली निर्माता हुन् । विडम्बना तिनै श्रमिकहरु यो सिङ्गै पृथ्वीमा सबभन्दा अपहेलित, अभाव र पीडामा बाँच्न वाध्य छन् । यो समाजको उल्टो नियम हो । त्यो उल्टो नियमलाई सुल्टो बाटोमा हिडाउँन समाजको उच्च रुप राजनीति र त्यो राजनीति संचालन गर्ने संचालक र प्रशासकहरुको मूख्य दायित्व हो । तर, विडम्बना आजको नेपालमा त्यसको स्पष्ट संकेत देखिइसकेको छैन । यस सन्दर्भमा हाम्रो मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन भयो र त्यसलाई राजनीतिक रुपमा त संस्थागत गर्ने र संवोधन गर्ने प्रयत्न त भैरहेको छ तर नेपालको राज्य र सम्बन्धित निकायले खासगरी प्रत्यक्षतः श्रममा जोडिएका र त्यसैको भरमा जीवन गुजारा गर्नु पर्ने श्रमिकहरुको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव र परिवर्तन ल्याउने कुनै काम गर्न सकेको छैन । यस्तो अवस्थामा आजको सूचना संचारको युगमा जवर्जस्त लादिएको महंगी र कालोबजारीको मारले श्रमिकहरु आफूले कमाएको पारिश्रमकले दैनिक आवश्यकता पूर्ति गर्न, सामाजिक आवश्यकता पूर्ति गर्न, सांस्कृतिक आवश्यकता पूर्ति गर्न र आफ्नो भविष्य सुनिश्चित गर्नै नसक्ने गरी वाध्यतामा श्रम गर्न बाध्य छन् । यस्तो अवस्थामा कम्तीमा आफूले काम गरेको ठाउँबाट दैनिक जीवनको आधारभूत आवश्यकता पूर्ति गर्न नसक्ने पारिश्रमिकमा काम किन गर्ने ? प्रश्न गम्भीर छ ।
त्यसैले प्रतिष्ठानमा कार्यरत ८० प्रतिशत श्रमिकहरुको संगठन अखिल नेपाल औद्योगिक मजदूर संघ यिनै समस्याहरुलाई सुत्रबद्ध गर्दै तत्काल पूरा गर्न सकिने र तथ्यसंगत मागहरु सम्बन्धित पक्षहरुलाई पेश गर्न गइरहेको छ । यि मागहरु हाम्रो सन्दर्भमा एकदम न्यायोचित र वस्तुसंगत छन् । यसर्थ, हामीलाई पूर्ण विश्वास यो छ कि यि न्यायोचित र यथार्थसंगत मागहरुलाई समयमै सम्बोधन गरिने छ । अन्यथा यि मागहरु पूरा गरिएनन् भने हाम्रो लागि जुनकुनै बहाना र राजनीतिक परिस्थितिले रोक्ने छैन र सम्पूर्ण श्रमिकहरु यि न्यायोचित मागहरु पूरा गराउन अन्तिम संघर्षमा उत्रने छन् ।
हाम्रा मागहरु
१) न्यूनतम पारिश्रमिक तोकिँदा वैज्ञानिक आधारमा तोकिनु पर्दछ । कम्तीमा ८ घन्टाको कामले उ र उसंग आस्रीत कम्तिमा ४ जानाको परिवार लाइ खान, लाउन, बस्न र हिड्न पुग्ने हुनु पर्दछ । त्यसको लागि न्युनतम वेतन रु. १२,४००।– र दैनिक ज्यालामा ६५० रुपैया तोकियोस् ।
.jpg)
३) श्रमिक सम्बन्धी ६ वटा ऐन तत्काल कार्यान्वयन प्रक्रियामा लगियोस् ।
..............................
धन बहादुर वि.क.
अध्यक्ष
बोधार्थ
१) नेपाल सरकारको मन्त्री परिषद् तथा प्रधानमन्त्रीको कार्यालय
२) नेपाल उद्योग वाणिज्य महासंघ के.का. टेक’
३ नेपाल उद्योग परिसंघ के.का. थापाथली
३) अखिल नेपाल ट्रेड यूनियन महासंघ, केन्द्रीय कार्यालय
६) श्रम विभाग
७) श्रम कार्यालयहरु
No comments:
Post a Comment