Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, February 26, 2013

१०३ औं श्रमिक महिला दिवसको अपिल


श्रमिक महिलाहरुमाथि हुने सबै किसिमको शोषण, उत्पीडन, विभेद र हिंसाको अन्त्य सहित नयाँ श्रम ऐनको आवश्यकता !
१०३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र अखिल नेपाल टे«ड यूनियन महासंघ महिला कमिटिको तेस्रो राष्ट्रिय सम्मेलनको मुख्य प्रतिवद्धता !!
आदरणीय श्रमिक महिला दिदी वहिनीहरु !
            आज हाम्रो देश अति नै राजनैतिक संक्रमणकालबाट गुज्रिरहेको छ । संविधासनभा विघटन हुनु र राजनैतिक दलहरुवीचमा सहमती भएर अर्को संविधानसभाको निश्चित नहुँदा संविधानसभाबाट नयाँ संविधान निर्माण गरी नयाँ नेपालको संस्थागत विकास गर्ने जनचाहना अधुरो नै रहेको छ । श्रमजीवी वर्ग समुदायहरु आफै पनि शोषण, दमन र उत्पीडनबाट छुट्कारा पाउँन सकेका छैनन् । अझ श्रमिक महिलामाथि हुने सबै किसिमको शोषण विभेद र हिंसाको अन्त्य अन्ततः राज्यसँग जोडिएको प्रश्न हो । जवसम्म राज्य श्रमजीवीवर्गको पक्षमा बन्दैन तवसम्म श्रमजीवी वर्गको अधिकारको सुनिश्चित हुन सक्दैन । यति मात्र नभई श्रमिक महिला माथि हुने शोषण, उत्पीडन, विभेद र हिंसाको अन्त्यको लागि सामाजिक रुपान्तरणमा चेतना सहित समाजको परिवर्तन अनिवार्य हुन्छ । तसर्थ वर्तमान राज्यको आमूल परिवर्तन आवश्यक छ । १० वर्षको महान् जनयुद्ध, १९ दिने ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान र संविधानसभाबाटै श्रमिक महिलाहरुको अधिकार सुनिश्चित भएको संविधान हाम्रो मूल उद्देश्य हुनु पर्दछ । संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने सवालमा पनि २ वटा दृष्टिकोण आवश्यक छ । पहिलो, अग्रगामी र नयाँ नेपाल निर्माण गर्ने सबै श्रमजीवीवर्गको अधिकार सुनिश्चित भएको संविधान र दोस्रो, यथास्थितिवादी किसिमको संविधान । हामी श्रमिक महिलाहरुले पहिलो दृष्टिकोणलाई नै साथ दिनुपर्दछ । अखिल नेपाल टे«ड यूनियन महासंघ महिला कमिटि नयाँ संविधान मार्फत श्रमिक महिलामाथि हुने सबै किसिमको शोषण, उत्पीडन र हिंसाको अन्त्य होस् भन्ने चाहन्छ । 
श्रमिक महिला दिदीवहिनीहरु !
            सन १९०७ मा जर्मनीको स्टुट्गार्टमा भएको समाजवादीहरूको सम्मेलनले महिलाहरूलाई मताधिकार दिने प्रस्ताव पारित गरेको थियो । यो मताधिकारको प्रस्ताव पारित भएपछि त्यसलाई कार्यन्वयन गर्न विश्वका श्रमिक महिलाहरूले मताधिकारमा समान अधिकार, समान ज्याला तथा श्रम संगठनमा आवद्ध हुने लगायत मागहरूलाई लिएर विश्वव्यापी आन्दोलन शुरू गरे । यसै सन्दर्भमा अमेरिकाको न्यूयोर्क शहरको कपडा कारखानाहरुका श्रमिक महिलाहरूले सन १९०७ मार्च ८ मा गरेको आन्दोलन निकैै उल्लेखनीय  छ । यसरी विश्वव्यापी रूपमा श्रमिक महिलाहरूको आन्दोलन चर्कंदै गएपछि श्रमिक वर्गको नेतृ क्लारा जेट्किनले सन १९१० मा कोपेनहेगनको समाजवादीहरूको दोश्रो इन्टरनेसनलको बैठकमा ८ मार्चलाई श्रमिक महिला दिवसको रूपमा संसारभरि मनाउनु पर्दछ भनि राखेको प्रस्ताव वहुमतले पारित ग¥यो र  सन १९११ देखि ८ मार्चलाई श्रमिक महिला दिवसको रूपमा संसारभरी मनाउंदै आएका छन् । विश्वका श्रमिक महिलाहरूले ८ मार्च मनाउन थालेको अहिले १०३ वर्ष पुग्दै छ । नेपालमा भने २०४६ साल पछि मात्र श्रमिक महिला दिवसले वैधानिकरूप पाएको हो भने १० वर्षको महान जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलन पछि २०६३ सालबाट मात्र श्रमिक महिला दिवसको दिन ८ मार्चलाई सरकारले मान्यता प्रदान गर्दै ८ मार्चका दिन श्रमिक महिलाहरूलाई सार्वजनिक विदा दिने निर्णय ग¥यो । नेपालमा क्रान्तिकारी महिलाहरूले १० वर्षको महान जनयुद्धमा सांच्चिकै एउटा ठूलो वीरता कायम गरेका छन् । अहिले नेपाली महिलाहरूले प्राप्त गरेको सीमित अधिकार जनयुद्धको परिणाम हो । वास्तवमा नेपालमा रहेका कांग्रेस, एमाले लगायत राजनीतिक दल नजिकका विभिन्न सुधारवादी, संसदवादी र तिनका मातहतमा रहेका महिलाहरुले पनि नारी दिवसको रूपमा ८ मार्च मनाउदै छन् । ८ मार्च भनेको नारी दिवस होइन, यो त श्रमिक महिलाहरुले अधिकारको लागि गरेको संघर्षको इतिहास हो तसर्थ अधिकार प्राप्तिको लागि भएका संघर्षको इतिहास सम्झने र थप अधिकार प्राप्त गर्न संघर्षमा हामफाल्ने प्रतिवद्धता गर्ने दिन हो । जसले क्रान्तिकारी संघर्षमा हामफाल्दछ उसैलाई मात्र यो दिवस मनाउने अधिकार छ । संघर्षबाट तर्सने र वर्गसमन्वयमा विश्वास गर्नेहरूले यो दिवस मनाउनुको कुनै अर्थ छैन । 
श्रमिक महिला दिदी वहिनीहरू सुधारवादी र संशोधनवादी ट्रेड यूनियनहरूको भ्रममा नपरौं । क्रान्तिकारी मजदुर संगठन अखिल नेपाल टे«ड यूनियन महासंघको झण्डामुनि गोलवद्ध हुंदै ८ मार्चको क्रान्तिकारी भावनालाई आत्मसाथ गरौं, नेपाली श्रमिक महिलाहरूमाथि हुने भेदभावको विरूद्ध निर्णायक संघर्षमा जुटौं । श्रमिक महिलाहरूको अधिकार प्राप्त गरौं, ८ मार्च भव्य रूपले मनाऔं र अखिल नेपाल टे«ड यूनियन महासंघ केन्द्रीय महिला कमिटिको तेस्रो राष्ट्रिय सम्मेलन भव्यरुपमा सफल पार्दै श्रमिक मजदूर महिलाहरुमाथि हुने भेदभावको अन्त्य गर्दै सामाजिक सुरक्षाको ग्यारेन्टी गरेर मात्रै श्रमिक महिलाहरुको अधिकार प्राप्त हुने हुन्छ । जसको लागि संघर्षमा जुटौं !




No comments: