Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, February 26, 2013

एन आर एन साउदीका प्रबक्ताबाट नै ठगिए नेपाली उद्दार नहुदा पिडितको बिचल्ली

२३ फरवरी साउदी अरब। वैदेशिक रोजगारका लागि साउदी अरबमा तीन बर्षदेखि काम गर्दै आएका ३ जना नेपालीलाई घरजाने बेलामा कम्पनीले बिचल्लीमा पारेको छ। नेपाल सरकारबाट स्वीकृत प्राप्त मेनपावर कम्पनी (Nepal Getway Overseas Pvt.Ltd), (Humour Overseas Pvt. Ltd) र (Star Overseas Pvt.Ltd) बाट दमाममा रहेको Jehan Contracting Company मा कामको लागि आएका नेपाली कामदारहरु त्यस कम्पनीले रियादस्थित पिज्जा ईन रेस्टुरेन्टमा Supply मा मा काम गर्न उनहिरुलाई पठायो । सोहि कम्पनीमा उनीहरुसगै लेबरकोटमा मुद्दा फैसलापछि १२ जना नेपाली नेपाल फर्केका थिए। तिनजनाको भने एक बर्ष देखिको भिषा नरहेका कारण रियाददेखि दमाममा अवस्थित कम्पनीमा आउन मेनेजरले बोलाएपछि नेपाली राजदुताबास स्थित महामहिम उदय राज पाण्डेको सल्लाहअनुसार भाईहरुलाई दमाम पठाईएको पत्रकार तथा पीडितका दाजु निमकान्त पाण्डेको भनाई छ। जनवरी ८ तारिकका दिन फाइल नम्बर २१ को केस दुताबासमा दर्ता गरिएको थियो भने लेबर कोटले १५ दिन भित्रमा हिसाब सहित टिकट दिएर नेपाल पठाउने फैसला गरेको थियो तर अझै ती नेपालीहरु भने अलपत्रनै छन् । हप्की धम्कीका कारण १२ जनाले आफै टिकट काटी नेपाल फर्केका थिए । ३ जनाले भने भिषा नलागेको बापत लाग्ने जरिवाना दुई हजार रियलका दरले आफन्त साथीहरुसित सापट गरि बुझाउदा समेत नेपाल जान अझै सकिरहेका छैनन् । दुताबासमा दर्ता भैसकेको समस्यालाई लेबरकोटले समेत फैसला गरिसकेको अबस्थामा नेपाली राजदुताबास रियादले अगाडी बढ्न नसक्नुमा भित्रि रहस्य केहि त छैन भनी शंका उव्जिएको छ । साउदी स्थित एन आर एन एन, एनसिसिका प्रबक्ता बिमल गौतमको मिलेमोतोमा साउदीमा ठगिन पुगेका ति मेरा भाईहरुको तुरुन्त उदार गरियोस् भनि एन आर एन एन साउदीमा समेत निबेदन गत महिना नै परि सकेको अबस्थामा के कारण ती ३ जना नेपाली कामदारहरु नेपाल फर्कन सकिरहेका छैनन् आश्चर्यको बिषय बन्न पुगेको छ।

No comments: