काठमाडौ, फाल्गुन १४ - राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईले कुवेतको राष्ट्रिय दिवसको उपलक्ष्यमा सोमबार छुट्टाछुट्टै सन्देश पठाएइका छन् । क्रमशः त्यहाँका अमीर शेख सबाह अल–अहम्मद अल–जबर अल–सबाह र प्रधानमन्त्री शेख जबर अल–मुबारक अल–हमाद अल–साबाहलाई बधाई दिएका हुन् ।सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीको व्यक्तिगत सुस्वास्थ्य, सुखका साथै कुवेतका जनताको उत्तरोत्तर प्रगतिको कामना गरेको छ । साथै दुई देशबीच रहिआएको मैत्रीसम्बन्ध आउँदा वर्ष अझ प्रगाढ हुँदै जाने विश्वास पनि उनीहरुले हरूले व्यक्त गरेका छन् । रासस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment