Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, February 20, 2013

पारसको स्वास्थ्यमा केही सुधार, नेपालबाट भेट्न टोली प्रस्थान

काठमाडौं, फागुन ९  हृदयघातका कारण हिजोदेखि अस्पतालमा रहेका पूर्वयुवराज पारस शाहको अवस्था हिजोको तुलनामा केही सुधार भएको छ ।यद्यपी, पारसको उपचारमा संलग्न चिकित्सकहरुले उनको अवस्था स्थिर रहेको बताएका छन् ।उनको अहिले बैंककस्थित समितिवेज अस्पतालमा उपचार भईरहेको छ । त्यहाँ उनको टाउकोको सिटी स्क्यान गरिएको छ भने मुटुको एमआरआई पनि गरिएको छ ।
टाउकोको स्क्यान गर्दा खासै समस्या नआएको र मुटुको एमआरआईको रिपोर्ट भने आउन बाँकी रहेको जनाइएको छ ।हिजोदेखि अचेत अवस्थामा रहेका उनले आज मध्याह्नदेखि भने आँखाको परेला अलिअलि चलाउन सुरु गरेको बताइएको छ ।
उनलाई मंगलबार बेलुका आठ बजे हृदयघातका कारण बिरामी परेपछि अस्पताल लगिएको थियो । त्यहाँ सुरुमा उनको आईसियुमा राखेर उपचार गरिएपनि स्वास्थ्यमा सुधार नदेखिएपछि सिसियुमा सारिएको छ ।
चिकित्सकहरुले उनको अवस्था गम्भीर रहेको भन्दै परिवारजनमा खबर गर्न भनेपछि हिजै उनको बारेमा जानकारी परिवारमा आईसकेको थियो ।उनलाई भेट्न नेपालबाट पूवयुवराज्ञी हिमानी शाह पनि जाने भनिए पनि छोरी कृतिका पनि गम्भीर बिरामी भएर नर्भिक अस्पताल भर्ना गरिएपछि पारसलाई भेट्न हिमानी बाहेकको एक टोली थाइल्याण्ड प्रस्थान गरिसकेको छ ।उक्त टोलिमा पूवराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल भने बैंकक गएका छैनन् ।

No comments: