Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, March 2, 2013

आर्थिक अभावले उपचारमा समस्या


पोखरा, १८ फागुन । 
कास्कीको हसंपुर–५, हाँडिखोला निवासी मृगौला रोगी राजेन्द्र वि.कको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या परेको छ । पन्ध्र वर्षीय राजेन्द्रको दुवै मृगौलामा खराबी देखिएपछि यतिखेर मणिपाल शिक्षण अस्पतालमा डायलोसिस गरिरहेका छन्  ।
विगत छ दिनदेखि मणिपालमा उपचारका क्रममा करिब २५ हजार रुपैयाँ खर्च भइसकेको राजेन्द्रका बुबा बुद्धसिंह सुनारले बताए ।  ‘डायलोसिस गर्दा गर्दै सबै पैसा सकियो’–सुनारले भने–‘अब गाउँमा चन्दा उठाएर उपचार गर्ने सोचेको छु ।’ दिनभरि काम गरेर बेलुका खाने आफ्नो परिवारको गाउँमा खेती गर्ने जग्गा समेत नभएको सुनारले दुःखेसो पोखे । मणिपाल अस्पतालले थप रकम उपलब्ध नगराए डायलोसिस गर्न नसकिने बताएको उनले जानकारी दिए । ‘अरु केहि उपाँय छैन, गरिबको लागि केहि गर्दिन सक्नुहुन्छ भने गरिदिनुस्’–उनले संचारकर्मिहरुसँग आग्रह गरे । 
राजेन्द्रकी आमा नौमाया सुनारले अधियाँ र मजदुरी गरेर ८ जना छोराछोरी पालिरहेको बताउँदै राजेन्द्रको उपचारमा सक्दो प्रयास गर्ने बताईन । सुनार दम्पत्तिका ७ छोरा मध्ये राजेन्द्र साईला छोरा हुन् भने एक छोरी रहेकी छन् ।  ट्र्याक्टरमा सहयोगीको का रुपमा काम गर्ने राजेन्द्रको नाकबाट बेला–बेलामा रगत आउँने गरेपनि सञ्चो हुने गरेको आमा नौमायाले जानकारी दिइन् । करिब नौ दिन अघिदेखि राजेन्द्रको शरिर फुल्न थालेपछि अस्पताल भर्ना गरेको उनले बताइन् । 
डायलोसिस गरिरहेका राकेश झाले राजेन्द्र पिसावमा संक्रमण, उच्च रक्तचाप र पेटमा रक्तश्राव भएका कारण मृगौलामा खराबी देखिएको बताए । उनलाई एक्विट रेनल फेलर भएको भए डायलोसिस पछि मृगौला ठिक हुने तर क्रोनियल रेनल फेलर भएको भए मृगौला नै प्रत्यारोपण गर्नुपर्ने जानकारी दिए । उनले केहि समयको जाँच पछि मात्रै मृगौला प्रत्यारोपण गर्नु पर्ने वा नपर्ने विषयमा पत्ता लाग्ने बताए । 
राजेन्द्रका बुबा बुद्धसिंहले भने मणिपालका चिकित्सकले दुवै मृगौला खराबी भैसकेको अनौपचारिक जानकारी दिएको बताएका छन् । 
यसैबीच, पोखराको नदिपुर निवासी डा.प्रिस्टिना गुरुङले राजेन्द्रको उपचार सहयोगार्थ शुक्रबार नै तीन हजार रुपैया प्रदान गरेकी छन् ।  गुरुङले अस्पतालमै पुगेर विरामीका बुबा बुद्धसिंह सुनारलाई रकम हस्तान्तरण गरेकि हुन् । उनले आउँने दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाइन् । 


No comments: