गोविन्द खड्का
घोराहि दाङ, १७ फागुन
नयाँ बसपार्कको सार्वजनिशौचालय महिलाको कण्डमले र पुरुषको पानपरागले जाम गरेको पाईएको छ । गत साता देखि मरमत कार्य शुरुगरेको शौचालयमा विग्रनुको कारण फेला परेको निर्माण समितिले जनाएको छ ।
मरमत भईरहेको शौचालय चार दिन भित्र पुनः सञ्चालन गर्न लागि परेको सार्वजनिक शौचालय सेवार खोला नयाँ वसपार्कका उपभोक्ता समिति अध्यक्ष शक्तिराम डाँगिले जानकारी दिनुभयो । वहाँका अनुशार घोराहि नगरपालिकाको सहयोगमा आठ ट्रिप फोहर उठाईएको छ । भने टंकिको दिसापिसाव उठाउन अझै वाँकि छ । भने शौचालय भित्रको निर्माणकार्य तिव्ररुपमा भईरहेको छ ।
नगर विकास समितिले बनाएको शौचलय ठेकेदारले लापर्वाहि गरेको टोलवासीले जानकारी दिए । ठेकेदार संग पटक पटक सम्पर्क गर्दा पनि वास्ता नगरेकाले आफै जुटेको टोल विकासका भानुभक्त पाण्डेले जानकारी दिनुभयो । ‘मरमत पछि टोलको जिम्मा मा लिन्छौँ । हाम्रो वस्तीमा प्रत्यक्ष असर गरेकाले अव्यवस्थित हुन दिन्नौँ ।’ पाण्डेयले भन्नुभयो, चार दिन पछि खुला गरिने शौचालयमा चुरोट, गुठ्का, चावि, कलम लगाएतका बस्तु भित्र लिन नमिल्ने नियम बनाईने भएको छ । भित्तामा अश्लिल कुरा लेखेर फोहर गरेकाले कडा नियम बनाउन लागेको टोलले जानकारी दियो ।
No comments:
Post a Comment