Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, March 12, 2013

राजेश हमालकी प्रेमिका 'मधु भट्टराई'

राजेश हमालकी प्रेमिका 'मधु भट्टराई'
================
काठमाडौं, फागुन २९ - नेपाल सिने उद्योगका नायक राजेश हमालकी प्रेमिका भन्दै गत शुक्रवार साप्ताहिकले मधु भट्टराईसँगको अन्तर्वार्ता प्रकाशित गरेको थियो ।

तर त्यो अन्तर्वार्तामा उनको तस्विर भने प्रकाशित भएको थिएन । पत्रिकाका अनुसार नायक राजेश हमालकी प्रेमिका मधुले तस्विर नखिच्न आग्रह गरेकी थिईन् ।

उनको आग्रहलाई स्वीकार गर्दै अन्तर्वार्तामा उनको स्केच मात्र राखिएको थियो । अन्तर्वार्तामा मधुले आफ्नो व्यक्तिगत विवरण बारे त्यति खुलाएकी थिइनन् ।

अन्तर्वार्तामा उनले आफू सामान्य युवती भएको बताएकी थिइन् । तर उज्यालो अनलाइनले खोज्दै जाँदा राजेश हमालकी प्रेमिका भनिएकी मधु भट्टराईले यसअघि नै सुन्दरी प्रतियोगितामा भाग लिइसकेको तथ्य फेला पारेको छ । यिनी उनै मधु भट्टराई हुन् जसले सन् २००२ मा काठमाडौंमा भएको मेगा मोडल कन्टेष्टमा फष्ट रनर अप भएकी थिइन् ।

यस्तै उनले सन् २००४ मा लक्स साबुनको प्रायोजनमा भएको लक्स ब्युटी स्टार नाम गरेको सुन्दरी प्रतियोगिताका पनि भाग लिएकी थिईन् ।

स्थायी घर धरान भएकी उनी काठमाडौंका बाँसवारीमा बस्छिन् । श्रोतका अनुसार उनलाई बाँसवारीमा बस्नका लागि फ्ल्याट र एउटा स्कुटी राजेश हमालले नै किनिदिएका हुन् ।

मेगा मोडल कन्टेष्टका बेला खिचिएको मधुको तस्विर र साप्ताहिकमा प्रकाशित स्केचबीच केही समानता छन् (जुन यही समाचारको तल प्रकाशित छन् ) । उज्यालो अनलाइनसँगको कुराकानीमा राजेश हमाल निकट श्रोतले पनि मधुले पहिला मोडलिङ गरेको भन्ने पुष्टि गरेको छ ।

मेगा मोडल कस्टेष्टमा भाग लिने बेलामा उनले एउटा अवसरको खोजीका लागि र मिडियाको नजरमा पर्नका लागि यस क्षेत्रमा लागेको बताएकी थिईन । उनले आफूलाई आइस क्रिम र चकलेट मन पर्ने बताएकी थिइन् ।
साभार:उज्यालो अनलाईन

काठमाडौं, फागुन २९ - नेपाल सिने उद्योगका नायक राजेश हमालकी प्रेमिका भन्दै गत शुक्रवार साप्ताहिकले मधु भट्टराईसँगको अन्तर्वार्ता प्रकाशित गरेको थियो ।तर त्यो अन्तर्वार्तामा उनको तस्विर भने प्रकाशित भएको थिएन । पत्रिकाका अनुसार नायक राजेश हमालकी प्रेमिका मधुले तस्विर नखिच्न आग्रह गरेकी थिईन् ।उनको आग्रहलाई स्वीकार गर्दै अन्तर्वार्तामा उनको स्केच मात्र राखिएको थियो । अन्तर्वार्तामा मधुले आफ्नो व्यक्तिगत विवरण बारे त्यति खुलाएकी थिइनन् ।अन्तर्वार्तामा उनले आफू सामान्य युवती भएको बताएकी थिइन् । तर उज्यालो अनलाइनले खोज्दै जाँदा राजेश हमालकी प्रेमिका भनिएकी मधु भट्टराईले यसअघि नै सुन्दरी प्रतियोगितामा भाग लिइसकेको तथ्य फेला पारेको छ ।
यिनी उनै मधु भट्टराई हुन् जसले सन् २००२ मा काठमाडौंमा भएको मेगा मोडल कन्टेष्टमा फष्ट रनर अप भएकी थिइन् ।यस्तै उनले सन् २००४ मा लक्स साबुनको प्रायोजनमा भएको लक्स ब्युटी स्टार नाम गरेको सुन्दरी प्रतियोगिताका पनि भाग लिएकी थिईन् ।स्थायी घर धरान भएकी उनी काठमाडौंका बाँसवारीमा बस्छिन् । श्रोतका अनुसार उनलाई बाँसवारीमा बस्नका लागि फ्ल्याट र एउटा स्कुटी राजेश हमालले नै किनिदिएका हुन् ।मेगा मोडल कन्टेष्टका बेला खिचिएको मधुको तस्विर र साप्ताहिकमा प्रकाशित स्केचबीच केही समानता छन् (जुन यही समाचारको तल प्रकाशित छन् ) । उज्यालो अनलाइनसँगको कुराकानीमा राजेश हमाल निकट श्रोतले पनि मधुले पहिला मोडलिङ गरेको भन्ने पुष्टि गरेको छ ।मेगा मोडल कस्टेष्टमा भाग लिने बेलामा उनले एउटा अवसरको खोजीका लागि र मिडियाको नजरमा पर्नका लागि यस क्षेत्रमा लागेको बताएकी थिईन । उनले आफूलाई आइस क्रिम र चकलेट मन पर्ने बताएकी थिइन् ।
साभार:उज्यालो अनलाईन

No comments: