Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, March 11, 2013

स्याङ्गजा द्धारा मृतक को परिवार लाई आर्थिक सहयोग प्रदान


जिवन डोटेल–दोहा
समस्यामा परेका कतार वासी नेपालीहरु लाई विभिन्न सहयोग गर्दै सामाजिक कार्य गर्दै आइरहेको स्याङ्गजा सहयोग समाज दोहा कतारले रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दरौँ ५ स्याङ्गजाका विष्णु बहादुर सार्की को परिवार लाई २ लाख १० हजार १ सय १० रुपैया को आर्थिक सहयोग प्रदान गरेको छ ।
विगत ३ साल पहिले कतारको एक अरब आर्ट डेकोरेसन कम्पनीमा कार्यरत स्वर्गीय विष्णु बहादुर सार्की को मिति २४ अक्टोवर २०१२ का दिन आकस्मिक निधन भएको थियो । भने मृतकको मृत शरिर स्याङ्गजा सहयोग समाज दोहा कतारको विशेष पहलमा तिन महिना पश्चात नेपाल पठाईएको थियो ।  लगत्तै स्याङ्गजा सहयोग समाज दोहा कतार का सह कोषाध्यक्ष श्री खड्ग बाहादुर नेपाली ज्यूको संयोजकत्वोमा दोहामा कार्यरत विभिन्न सहयोगी ब्यक्ती तथा संघ संस्थाहरु बाट सहयोग संकलन कार्यक्रम तथा कम्पनी बाट पाउनुपर्ने रकम लाई पुर्याउन पर्ने कानुनी प्रक्रिया पु¥याई कतार स्थित नेपाली दुतावासको पहलमा उक्त सहयोग रकम संकलन गरिएको थियो । जसमा १ लाख १५ हजार रुपँैया कम्पनी बाट तथा बाँकी रकम सहयोग संकलन कार्यक्रम बाट संकलन भएको  कुराको जानकारी स्याङ्गजा सहयोग समाज दोहा कतार का अध्यक्ष टुकराज अर्याल ले जानकारी दिनुभएको छ ।
उक्त संकलित रकम लाई स्याङ्गजा सहयोग समाज दोहा कतारले अन्तरास्ट्रिय संमन्वयन समिति स्याङ्गजामा पठाई २०६९ फागुन २३ का दिन मुक्तिनाथ विकास बैंक स्याङ्गजामा मृतक का छोरा जीत बहादुर सार्की को नाममा खाता सञ्चालन गरि श्रीमती देवा सार्की लाई चेक हस्तान्त्रण गरिएको स्याङ्गजा सहयोग समाज  अन्तराष्ट्रि समन्वय समिति का अध्यक्ष अनन्त कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

No comments: