टोरोन्टो क्यानाडाका २०१० देखि
टोरोन्टोमा अध्ययनरत् नेपाली विद्यार्थीहरुको
प्रयासबाट शुरुभएको टोरोन्टो नेपाली
चलचित्र महोत्सव ९त्ल्ँँ० ले
आप्mनो तेस्रो
महोत्सवलाई दुई दिनसम्म
दसवटा कथानक तथा
डकुमेन्ट्री चलचित्रहरुको प्रदर्शन गराएर मनायो
। महिला दिवसका
दिन गत ८
मार्चमा क्यानाडाका लागि महामहिम
राजदूत डा। भोजराज
घिमिरेको समुपस्थितिमा शुभारम्भ भएको महोत्सवमा
सुजाता थापाले स्वागत मनतव्यबाट
सम्पूर्ण प्रायोजकहरु, स्वयम्सेवक तथा उपस्थित
दर्शकलाई स्वागत तथा कृतज्ञता
प्रदान गर्नु भएको थियो
भने चलचित्र निर्णायक मण्डलीका
तर्फबाट प्रदर्शन गरिने चलचित्रका
बारेमा मञ्जुश्री थापाले जानकारी
गराउनु भएको थियो
। यसपटक तीनजना
महिला निर्णायक रहेको
मण्डलीमा थापासँग राजी अर्याल
र शर्लिन बम्बोट
रहनु भएको थियो
। उक्त अवसरमा
क्यानाडाका खेलकूद राज्य मन्त्री
बाल गोसालले पठाउनु
भएको सन्देश जिमी
घिमिरेले पढेर सुनाउनु
भएको थियो ।
पहिलो दिनको कार्यक्रममा
नेपालका बामपन्थी नेता मदन
भण्डारीको १७ मई
१९९३ का दिन
दासढुङ्गामा मोटर दुर्घटनामा
परी असामयिक निधनका
बारे भएगरिएका अनुसन्धानका
आधारमा दुर्घटनाभन्दा बढी हत्या
गरिएकोबारे सत्य घटनामा
आधारित चलचित्र “दासढुङ्गा”को
प्रदर्शन भएको थियो
भने दोस्रो दिन
धुलो, सेलफोन, बाँन्सुली,
फल्स स्प्रीङ्ग, इनेमी
अफ घोस्ट, योमारी
या बान्खान आदि
लघुत्तम ९९देखि १७ मिनट
अवधिको० का अतिरिक्त
काठमाडौं, मुकुण्डो र छिङ्ताङ्ग
डसनल ब्लिभ ईन
टियर्स आधाघण्टादेखि १०५ मिनटका
कथात्मक डकुचलचित्र प्रदर्शन भरिएको
थियो । कार्यक्रमको
अन्त्यमा टोरोन्टोका कलाकर्मीहरु दृश्टी,
नेहा, स्वेच्छा, दिप,
एजे आदि कलाकारहरुबाटबाट
सांस्कृतिक कार्यक्रमको प्रस्तुति समेत
भएको थियो भने
क्यानाडामा विस्तारै बालकलाकारका रुपमा
आप्mनो स्थान
बनाउँदै अघि बढी
रहेका तीन वर्षीय
आर्यन बाँसकोटाले बुवा
प्रदिप बाँसकोटाको बाँसुरी धुनमा
मादल बजाएर उपस्थित
सबैलाई चकित बनाईदिएका
थिए ।
यस पटक
टोरोन्टो नेपाली चलचित्र महोत्सव
९त्ल्ँँ० ले दसवटा
डकुमेन्ट्री चलचित्रहरु साडे छ
घण्टाको समयावधीमा प्रदर्शन गराएको
थियो भने लगभग
एक घण्टाको टोरोन्टोका
नेपाली प्रतीभाहरुको प्रस्तुती रहेको थियो
। दुई दिनसम्म
चलेको चलचित्र महोत्सवले
उल्लेखनीय जनसहभागिता बढाउन सकेको
भने देखिएन ।
सही तरिकाबाट प्रचारप्रसार
नभएर पनि दर्शन
बटुल्न नसकेका गुनासाहरु पनि
सुनियो भने पुराना
चलचित्रहरुको समावेसीले पनि महोत्सव
फितलो बनाएको हुनसक्ने
अनुमान पनि काटिएको
थियो । यसपटक
प्रदर्शित दसवटा चलचित्रहरुमा “मुकुण्डो”
ले बढी चर्चा
पाएको थियो र
दर्शकको रोजाई ९पिपुल्स च्वाईस
अवार्ड० पुरस्कारबाट पुरस्कृत पनि
भएको थियो ।
त्यस्तै निर्णायक मण्डलीबाट ९जुरी
अवार्ड० “बान्सुली” डकुमेन्ट्री चलचित्रले
पुरस्कार पाएको थियो ।
तर अजभन्दा १३
वर्षअघि छिरिङ्ग शेर्पाको निर्देशनमा
बनेर चर्चामा आएको
तथा ७३ औं
अस्करमा विदेशी भाषाको चलचित्रका
लागि पठाईए तापनि
मनोनित नभएको “मुकुण्डो” चलचित्रको
प्रदर्शनबाट महोत्सवको परम्परालाई कतिसम्म
निरन्तरता दिन सक्छौं
। टोरोन्टो नेपाली
चलचित्र महोत्सव ९त्ल्ँँ० युवाहरुबाट
प्रारम्भ गरिएको तथा नेपाली
चलचित्रलाई क्यानाडाका दर्शहरुमाझ पु¥याउने एउटा सशक्त
माध्यम बन्दै गएको छ
। एउटा राम्रो
प्रयासको थालनी भएको छ
। यो प्रयासलाई
अझ व्यापकता प्रदान
गर्दै सहभागिता बढाउन
विशाल टोरोन्टोका नेपाली
नेपाली बुद्धीजिवि, नेपाली संघसंस्था
तथा नेपाली दूतावाससँग
मिलेर सहकार्य गरेको
खण्डमा नयाँ डकुचलचित्रहरुको
प्रवेशसँगै दर्शक र प्रायोजक
पनि बढाउन सकिने
विश्वास लिन सकिन्छ
। यसलाई टोरोन्टोमा
मात्र सीमित नराखेर
नेपालीहरुको बाहुल्यता रहेको क्यानाडाका
अन्य प्रान्त र
शहरहरुमा पनि विस्तार
गर्न सकिन्छ ।
No comments:
Post a Comment