Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, March 11, 2013

सनातन मंन्दिर कोलोराडोमा धुमधामका साथ शिवरात्री मेला सम्पन्न


नातिबाबु  भट्ट
कोलोराडो, अमेरीका मार्च १०माहा शिवरात्रीको अबसरमा कोलोराडोको ब्राईटन स्थित सनातन मंन्दिरमा शिबजीको बिशेष पूजा आजा तथा भजन क्रिर्तन गरी धुमधामका साथ सम्पन्न गरियो । 
कार्यक्रममा हिन्दु धर्म प्रति आस्था तथा भक्तिभाव राख्ने, नेपाली, ईन्डियन, बंगलादेशी, बर्मेली तथा भुटानी नागरीकहरुको उल्लेख्य उपस्थिती रहेको थियो । यूवा यूवती हुन वा बृद्ध बृद्धा,बाल बालिका हुन वा अधवैसे सबै उमेरका मानिसहरुले सनातन मंन्दिरको प्राङ्गण दिउंसो १ बजे देखी राती ९ बजे सम्म खचाखच भरिएको थियो ।पंडित जिवन बरालको सुरिलो कंठबाट उद्धघोषीत  शिव स्तुती तथा भजनको तालमा उपस्थित सबै भक्तनजहरु ताली पडकाई पडकाई पंडितको स्वरमा स्वर थपेका थिए । नेपाली  तथा हिन्दी भाषी भक्तजनहरु  भएका कारण पंडित बरालले भक्तजनहरुलाई हिन्दीमा संम्बोधन गरेका थिए ।  हिउंले चिस्याएको ब्राईटन सहरलाई आज पंडित र भक्तजनहरुको शिव स्तुतीले तताएको महसुुस हुन्थ्यो । 
मंन्दिरमा उपस्थित श्रद्धालु भक्तजनहरुलाई आङ्खनो ईच्छा अनुसार बिशेष पुजा  तथा दान गर्न पाउने ब्याबस्था समेत गरिएको थियो ।  सोही अनुसार ७ परिवारले माहारुद्र अभिषेष, २६ परिवारले निराजन आरती पुजा गरेका थिए । त्यसै गरी ५ परिवारले मंन्दिरमा उपस्थित श्रद्धालु भक्तजनहरुलाई प्रसाद उपलब्ध गराउन सहयोग गरेका थिए । ब्राईटन सहरको बिचमा रहेको सनातन मंन्दिरको परिसर पुग्दा आज आफु कतै काठमाण्डौ स्थित पशुपती मंन्दिरको प्राङ्गणमात छैन भन्ने भान हुन्थ्यो । मंन्दिरमा उपस्थित भक्तजनहरुले बिशेष पुजा लगाउन तथा भक्तजनहरुलाई प्रसाद उपलब्ध गराउन सहयोग गर्नु भएको रकम सबै मन्दिरको कोषमा जाने पंडित जिवन बरालले बताए ।
त्यसैगरी आजै कोलोराडोको नेदरल्याड स्थित शिव मंन्दिरमा पनि श्रद्धालु भक्तजनहरु बिहानै देखी  उपस्थित भएर दिनभरीनै पुजा आजा,तथा भजन किर्तन गरी माहा शीवरात्री मनाएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

No comments: